arrow

प्रचण्डलाई गगनको कटाक्ष: काम गर्ने ढंग छैन दोष लोकतन्त्रलाई ?

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका सांसद् गगन कुमार थापाले दुई दिन अघि प्रतिनिधि सभा संसद्मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन‍् । शुक्रबारको संसद्मा शुन्य समयमा बोल्दै नेता थापाले सरकारले आफू काम गर्दा ढंग नपुर्‍याएको र दोष भने लोकतन्त्रलाई दिएको आरोप लगाए । 

बुधबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा दलीय प्रतिनिधिको रुपमा सम्बोधन गर्दै अध्यक्ष दाहालले घुमाउरो रुपमा नेपालमा लोकतन्त्रका कारण विकास हुन नसकेको बताएका थिए । थापाले प्रचण्डको यो अभिव्यक्तिलाई नाच्न नजान्ने आँगन टेडो भन्ने लोकोक्तिसँग तुलना गरेका छन् । 

उनले अहिले सिंहदरबारसँगै प्रदेश र स्थानीय तह आन्दोलनमा रहेको भन्दै सरकारले सबै कर्मचारीहरु आन्दोलनमा रहेको बेला के पहिले जस्तै यी सबै थाङ्नेहरु हुन् भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिन्छ ? भन्दै प्रतिप्रश्न गरेका छन् ।  

सोही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेता थापाले सरकारले काममा ढंग नपु¥याएको भन्ने प्रमाण कर्मचारी समायोजन कार्यमा अहिले देखिएको बताए । उनले तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐनलाई लत्याएर संसद् सुरु हुनु भन्दा १५ दिन अघि मात्रै अध्यादेश ल्याईएको प्रति उनको आपत्ति थियो । 

देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयनमा नल्याउने हो भने यत्रो महिनासम्म संघीय निजामती ऐन, प्रदेश र स्थानीय तहको कर्मचारी ऐेनसँगै लोकसेवा आयोग ऐन समेत ल्याएको थियो भने यतिबेलासम्म पुल दरबन्दीमा कर्मचारी खटाएर विस्तारै विस्तारै यो समस्याको समाधान गर्न सकिने तर्क थापाको छ । तर, आफूहरुले प्रधानमन्त्री ओलीलाई धेरै नबोली काम गर्न दिएको सुझाव ओलीले नमानेको उनको आरोप छ । 

थापाले मन्त्री लालबाबु पण्डितको समेत यस बारेमा सुझबुझ नभएपछि एक जना सेवा निवृत्त हुन लागेको सचिव र विशिष्ठ श्रेणीका कर्मचारीहरुको प्रभावमा परी यस्तो अध्यादेश ल्याईएको आरोप लगाएका छन् । यहाँ विभेद र स्वेच्छा चारिताका कारण लोकसेवा आयोगको परामर्शलाई समेत लत्याएर सरकारले चोर बाटोबाट अध्यादेश ल्याएको थापाले बताए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ