arrow

'मोर्चाबन्दी गरेर कम्युनिष्टले सत्ता त हत्याए, योजना बनाउनै विर्सेछन्'

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष १३ शुक्रबार
shashanka_koirala1.jpg

बेलौरी । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान कम्युनिस्ट सरकारसँग दुई तिहाई भएपनि योजना विहीन रहेकोले स्थिरता कायम गराउनै नसक्ने भएको आरोप लगाएका छन् । कञ्चनपुरको दक्षिणी भेगको बेलौरीमा शुक्रबार आयोजित नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न पुगेका महामन्त्री कोइरालाले चुनाव जित्न काँग्रेस बिरुद्ध मोर्चाबन्दी गरेर एमाले - माओवादी गठबन्धनले दुई तिहाईको सरकार बनाएर सत्ता पनि हत्याए पनि विकासको योजना नै बनाउन भुलेको आरोप लगाएका छन् । उनले मुलुकको विकास जहाँको त्यहीँ रहेको समेत बताए

भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति भेला पछि पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत पहिलो पटक बेलौरीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने "कम्युनिस्टहरुको गठबन्धनका कारण मात्रै हामी हारेका होइनौं हामी भित्रैको कारणले हामी हारेका हौं त्यसकारण हामी भित्र एकता बनाउन आवश्यक छ । " 

उनले भने 'पार्टीलाई कसरी एक जुट बनाउने यो बाटोमा हामी लाग्यौं भने काँग्रेस नम्बर एक पार्टी बन्नेछ । नेपाली काँग्रेस क्षेत्रीय समितिले बेलौरीमा आयोजना गरेको सम्मेलनलार्इ सम्बोधन गर्दै महामन्त्री कोइरालाले एकताको विकल्प नभएको बताए । उनले पात झर्दैमा रुख नसुक्ने जाडोमा रुखका सबै पात झर्छन तर वसन्त ऋतुसँगै पालुवा पलाएर रुखमा हरियाली छाउँछ त्यस्तै काँग्रेस फेरि सुदृढ बनेर आउने बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै  नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले भने "दुई तिहाईको दम्भमा रहेको सरकार विधिको शासनलाई कुल्चँदै छ । वाइबडी प्रकरणमा सार्वजनिक खरिद ऐनले गरेको व्यवस्था मिचेर काम गर्दैछ । नयाँ जहाज ल्याउने निर्णय गरिएको तर पुरानो जहाज खरिद गरेको छ ।'' नेता बडुले भने "देशको शान्ति सुरक्षा बिग्रFदै गएको छ । दोषीलाई जोगाउन सरकार लागेर विधिको शासन मिच्दैछ । यिनै कारणले वर्तमान सरकार कम्युनिस्टको अन्तिम सरकार बन्नेछ ।''

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एनपी साउदले भने "सरकारले सामान्य प्रक्रिया समेत निर्वाह गर्न सकेको छैन घटनाका अपराधीलाई पक्रन सकेको छैन । निर्वाचन अघि स्थिरताको नारा लाउने बामपन्थीले जनतालार्इ सुरक्षा समेत दिन सकेनन् । उनले भने "समृद्धिको कुरा गरे तर समृद्धि त्यसै आउँदैन रोजगारीको अवस्था सृजना गर्नुपर्छ तर सरकारले सिन्को भाँचेन ।"  सुदूर प्रदेश सरकारले प्रदेशको राजधानी तोकेको बिषयमा नेता साउदले भने "केही जग्गा दलालको हितमा चुरेको फेदमा राजधानी लैजाने काम गरिएको छ । काँग्रेस चुप लाग्ने छैन आन्दोलनको बिगुल बजाउने छ ।" 

सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने "बिगतका उपलब्धि हरुलाई हिफाजत गर्दै संगठन सुदृढीकरण गरी पार्टी लाई एकताको लैजाने आवश्यकतामा जोड दिए ।" निर्मला हत्याकाण्डको पर्दाफास नभएसम्म काँग्रेस चुप नलाग्ने नेता घिमिरेले बताए । 

बिहिबार बेलौरीमा आयोजित सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य दीपक गिरीले भने कम्युनिस्टहरुले जनतालाई झुक्याए वाइबडी खरिदमा गरिएको भ्रष्टाचारको छानबिन गरिएन । बलात्कारीलाई कारवाही गरिएन दुई तिहाई बहुमतले बलियो भन्ने सरकार यति कमजोर किन भनेर केन्द्रीय सदस्य गिरीले प्रति प्रश्न गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ