arrow

दिपायलमा न्यानो लुगा वितरण

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
Doti-hamrakura.jpg.jpeg

डोटी। डोटीको प्रमुख व्यापारिक केन्द्र दीपायल पिपल्लामा रहेको केबी गु्रपका प्रमुख खगेन्द्रबहादुर साउद (केबी) ले डोटीमा रहेका वृद्धवृद्धा, एकल, अपाङ्गता भएका व्यक्ति तथा असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा वितरण गरेका छन् । 

आफ्नो कम्पनी केबी गु्रपको वार्षिकोत्सवको अवसर पारेर उनले वर्षेनी यहाँका असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा दिँदै आएका छन् । आफ्नो छैठौं वर्षका रुपमा उहाँले यस वर्ष पनि ३०० जनालाई ‘जाडोमा न्यानो लुगा वितरण’ कार्यक्रममा कम्मल वितरण गरेका छन् । 

दीपायल सिलगढी नगरपालिका–३ पुलबजार निवासी साउदले बुधबार नगरपालिकाका–१ देखि ४ सम्मका १२०, बिहीबार नगरपालिकाको वडा नं ५, ६ र ७ का ९०, र शुक्रबार वडा नं ८ र ९ का ९० लाई कम्मल वितरण गरेका हुन् ।

“दीपायल सिलगढी नगरपालिकामा रहेका असहाय, वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई हाम्रो कम्पनीले वर्षेनी चिसोमा न्यानो लुगा दिँदै आएको छ”, उहाँले भन्नुभयो, “यो कार्यलाई हामी पछि जिल्लाभरि फैलाउने छौँ ।” सो गु्रपले प्रत्येक वडासँगको समन्वयमा एउटा वडाबाट ३० का दरले छनोट गरी २७० लाई र बाँकी कमजोर अवस्थाका अन्य ३० गरी ३०० लाई कम्मल वितरण गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ