arrow

मेक्सिकोको सीमा पूर्णरुपमा बन्द गर्ने ट्रम्पको धम्की 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १४ शनिबार
trump.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमा पूर्णरुपले बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने मागमा विपक्षी डेमोक्रेट्स सहमत नभए उक्त कानुन ल्याउने धम्की दिएका हुन् । 

साथै उनले आप्रवासी नियम पनि परिवर्तन गरिाने बताएका छन् । 

अबको केही दिनमा नयाँ वर्षको शुरुवात हुन गइरहेको अवस्थामा अमेरिकाको सरकारी कामकाज आंशिकरुपमा बन्द छ । 

ट्रम्पले तीन ल्याटिन अमेरिकी मुलुकहरु ग्वाटेमाला, अलसल्वाडोर र होण्डुरसलाई पनि दिँदै आएको सबै सहयोग रोक्ने चेतावनी दिएका छन् । उनले उक्त मुलुकहरुले अमेरिका छिर्ने अवैध आप्रवासी रोक्नका लागि कुनै कदम नचालेको आरोप लगाए । 

सामाजिक सञ्जाल ट्वीटरमा उनले अहिले बाधा सिर्जना गरिरहेका डेमोक्रेट्सहरुले मेक्सिकोको सीमामा पर्खाल बनाउन खर्च नदिए दक्षिणी सीमा पूर्णरुपमा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन् । उनले आप्रवासी नियममा पनि परिवर्तन गरिने बताएका हुन् । 

ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल बनाउनका लागि ५ अर्ब डलरभन्दा बढी रकमको माग गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ