arrow

नेपालभाषा साहित्य महोत्सब सुरु : स्वर्गिय पद्मरत्न तुलाधरद्धारा लिखित अन्तिम प्रहसन समेत प्रर्दशन

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
NepalBhasa-sahitya-sammelan.jpg

काठमाडौं। नेपालभाषा साहित्य महोत्सबको दोस्रो संस्करण शनिबार ललितपुरको दरबार क्षेत्रमा सुरु भएको छ। ललितपुरको दरबार क्षेत्र स्थित भण्डारखालको बगैचामा  शनिबार दिनभर महोत्सब आयोजना हुने आयोजक नेपालभाषाको एक मात्र दैनिक  पत्रिका नेपालभाषा टाइम्सले जनाएको छ। ६ सय बर्ष अघि नै सिर्जनात्मक लेखन सुरु भइसकेको नेपालभाषाको सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्धेश्यले दोस्रो संस्करणमा   नेपालभाषा साहित्य महोत्सब हुन लागेको हो।

लिच्छविकालिन र मल्लकालिन सयममा नै नेपालभाषाको अद्धितिय लेखन हुने गरेको तत्कालिन समयमा राजा महाराजाले सरकारी मान्यता दिएको यो भाषा अहिलेको समयमा बिस्तारै नेवार समुदायले समेत बोल्न र लेख्न छोड्दै गएको सन्र्दभमा यसको संरक्षण र प्रबद्धन गर्न यो सम्मेलन आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष शुरेश किरणले बताए।

काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेको महोत्सवमा पुस्तक बिमोचन, अन्तरसंवाद, बिभिन्न प्रहसनको प्रर्दशन लगायत नेवारी खानाको स्टलको समेत प्रर्दशन भइरहेको छ। कार्यक्रममा मानबअधिकारकर्मी स्वर्गिय पद्मरत्न तुलाधरद्धारा लिखित अन्तिम प्रहसन (हास्य नाटक) समेत प्रर्दशन हुनेछ। तुलाधरले जिवनको अन्तिम समयमा लेखेका प्रहसन जातःगुरु अर्थात कुण्डली हेर्ने गुरुका बारेमा हास्य नाटक लेखेका थिए। प्रर्दशनीमा नेपालभाषाका पुस्तकहरु प्रर्दशनी तथा नेवारी खानाको समेत प्रर्दशनी हुने भएकाले परिवारकै लागि दिनभर रमाउने मनोरञ्जन गर्ने स्थल हुने आयोजकले जनाएको छ।

आआफ्ना भाषाका साहित्य प्रबद्धन गर्न संसारका बिभिन्न शहरहरुमा  महोत्सवहरु आयोजना गर्ने क्रममा नेपालमा पनि राष्टिय संगै स्थानीय मातृभाषाका सम्मेलन हुने लर्को चलेको छ। केही समय अघि पोखरामा राष्ट्रिय स्तरमा नेपाल साहित्य सम्मेलन आयोजना गरीएको थियो भने स्थानीय भाषामा यस अघि तामाङ्ग साहित्य सम्मेलन र मैथेली साहित्य सम्मेलन गरी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ