arrow

सेन्सरसीपको विरोधमा पाकिस्तानी पत्रकार आन्दोलित 

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
pakistani-media.jpg

काठमाडौं। सरकारले बढाएको सेन्सरसीपका कारण पाकिस्तानी पत्रकारहरु विरोधमा उत्रिएका छन्। पाकिस्तानी पत्रकारलाई गिरफ्तार हुने, चरम यातना दिने र जेल हाल्ने क्रम बढेसँगै पाकिस्तानी पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन्। 

प्रेस स्वतन्त्रताका पक्षधरहरुले पाकिस्तानले कुनै महत्वपूर्ण कभरेजमा रोक लगाएको भन्दै पाकिस्तानी सरकारको आलोचना गर्दै आएका छन्। त्यसका साथै सरकारले विज्ञापनको बजेटमा गरेको कटौतीलगायतका योजनाले पनि पाकिस्तानको सञ्चारमाध्यमहरु प्रभावित बन्न पुगेको उनीहरुको भनाइ छ। पाकिस्तानी सञ्चारमाध्यमहरुको प्रमुख आम्दानीको रुपमा रहेको विज्ञापनको बजेटमा गरिएको कटौतीबारे पनि पत्रकारहरुले असन्तुष्टि जनाएका हुन्। पाकिस्तानी पत्रकारहरुले अहिले सरकारले लगाएको सेन्सरसीपको नियम अहिलेसम्मकै नराम्रो योजना रहेको बताएका छन्।

सरकारले भने अहिले लगाइएको सेन्सरसीपको विषयमा डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै आएको छ। पाकिस्तानको सरकारले केही अनलाइन सञ्चारमाध्यमलाई बन्द गरेको भन्दै पत्रकारहरु आन्दोलित बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ