arrow

क्रिसमसको दिन क्यानडाको विद्यालयमा घन्कियो 'ओम जय जगदीश हरे...' 

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
om_jay_jaga_disha_hare1.jpg

काठमाडौं । क्रिसमसको दिन नेपालमा सान्टा क्लाउन लगाएर हिँड्ने नेपालीहरु धेरै भेटिए । क्रिसमसलाई धार्मिक सद्भावको लागि यसरी मनाईरहँदा क्रिश्चियन राष्ट्र क्यानडाको एक स्कूलमा भने हिन्दू भजन गाएर क्रिसमसको सुरुवात गरेका छन् । एक विद्यालयमा क्रिसमसको दिन आयोजना गरिएको कन्सर्टमा विद्यार्थीहरुले यसरी हिन्दू धर्ममा चर्चित रहेको 'ओम जय जगदीश हरे ...'भन्ने भजन गाएर कन्सर्टको सुरुवात गरेका थिए । 

यो भिडियो क्यानडाको कुन् विद्यालयमा तयार पारिएको भन्ने उल्लेख गरिएको छैन । तर, बलिउड अभिनेतृ रविना टण्डन लगायतले आफ्नो आधिकारिक ट्वीटरमा यो भिडियो पोष्ट गरेसँगै यो भिडियो भाइरल भएको छ । यो भिडियोको विषयमा भारतको न्यूज १८ ले समेत समाचार बनाएको छ । 

भिडियोमा हेर्नुहोस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ