arrow

जाडो पचाउन गाह्रो भो, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान  

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकावासीलाई जाडो पचाउन निकै कठिन भइरहेको छ । दिनप्रतिदिन चिसोको पारो बढ्दै गएपछि अस्पतालमा विरामीको चाप बढेको छ । बालबालिका र वृद्धवृद्धा बढी मारमा परेका छन् । 

रुघाखोकी, टन्सिल र निमोनियाको मात्रा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । निम्नवर्गीय परिवारमा अझ बढी कठिनाइ भइरहेको छ । 

आइतबार बिहान काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौँ उपत्यकाका धेरै ठाउँमा कुहिरो लाग्यो ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो भने मौसम सफा हुनेछ । पूर्व र मध्यका केही हिमाली भेगमा हिमपातको सम्भावना रहेको उनले बताएका छन् । 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

पुस १५ गते (आइतबार)

दिउँसो – देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ ।
राति – देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ ।

पुस १६ गते (सोमबार)

दिउँसो – देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पूर्वी पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ।
राति – देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ।

पुस १७ गते (मंगलबार)

दिउँसो – देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पहाडी भेगमा आंशिक बदलि हुने संभावना छ।
राति– देशभरिनै मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पहाडी भेगमा आंशिक बदलि भई विशेषत पश्चिमी पहाडी भूभागको एक–दुई स्थानमा हल्का  वर्षा हुने सम्भावना छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ