arrow

थाहा पाइराख्नुस् दूनियाँको सबैभन्दा चिसो शहरका बारेमा

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
coldest-city.jpg

काठमाडौं। काठमाडौंको पारो एक डिग्री सेल्सियसमा झर्दा रुवावासी सुरु हुन्छ । जाडोबाट कसरी बच्ने भन्ने तनाव सुरु हुन्छ । तर त्यस्तो शहर जहाँ वर्षको २७० दिन बरफ जमिरहेको हुन्छ भने त्यहाँको हालत कस्तो होला। रुसको साइबेरियास्थित नरिल्स्क शहरलाई संसारको सबैभन्दा चिसो शहर मानिन्छ। त्यहाँका बासिन्दाले डिसेम्बर र जनवरी महिनामा घाम पनि देख्न पाउँदैनन्। 

आर्कटिक सर्कलदेखि ३०० किलोमिटर टाढा रहेको यो नरिल्स्क शहर विश्वकै सबैभन्दा प्रदूषित शहर मध्येमा पनि चिनिन्छ। एक लाख ७५ हजार जनसंख्या भएको नारिल्स्क शहरको तापक्रम जाडोयाममा माइनस ६१ डिग्री सेल्सियस पुग्छ, जबकी औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुन्छ।

एक ब्लगर विन्जे मिकलोसका अनुसार वर्षको दुई सय ७० दिन नारिल्स्कमा बरफ जमिरहन्छ। हरेक तेस्रो दिन यहाँका मानिसले हिम आँधीको सामना गर्नुपर्छ । यो शहर रुसको राजधानी मास्कोबाट २९०० सय किलोमिटर टाढा छ। यो शहरमा संसारको सबैभन्दा ठूलो निकल, प्लाटिनम र प्यालेडियमको भण्डार छ । त्यसकारण यसलाई रुसको सबैभन्दा धनी शहर मानिन्छ। सधैजसो कठ्याङ्रिने जाडोमा खुम्चिने रुसीहरु मौसम सामान्य हुँदासाथ सनबाथ लिन मन पराउँछन्। तस्वीरमा जस्तै।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ