arrow

बंगलादेशमा आमनिर्वाचन, हसिना कीर्तिमान बनाउने अभियानमा 

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
sheikh-hasina.jpg

काठमाडौं । बंगलादेशमा आइतबार आमनिर्वाचन भइरहेको छ । १० करोड भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै रहेको उक्त निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार खडा भएका छन् । जस मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् ।

 मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ । उच्च सुरक्षा सतर्कता अपनाइएको निर्वाचनमा अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लषण गरिएको छ । उनले सन् २००९ देखि निरन्तर आफ्नो पकड बलियो बनाएकी छिन् । यसपटक विजयी भए उनको निरन्तर तेस्रो कार्यकाल हुनेछ । 

विपक्षी दलकी नेतृ खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो ।

यी दुई महिला नेतृले जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

त्यसपछि दुईबीच कडा टक्कर रहँदै आएको छ । हसिनाले जियालाई विभिन्न आरोपमा जेल कोचेपछि एकछत्र राज गर्दै आएकी छिन् । 

अवामी लिग पार्टीकी प्रमुख हसिना बंगलादेशका पिता एवं प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी पुत्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ