arrow

मेलमिलाप गर्न कांग्रेस नेताहरु जिल्लाजिल्लामा 

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले सबै जिल्लामा आयोजना गर्ने कार्यक्रमका लागि पार्टीले जिल्ला खटाएका नेताहरु तोकिएका जिल्लामा गएका छन् । 

नेपाली काङ्ग्रेसले यही १६ गते सोमबार मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने ती कार्यक्रमहरुका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ ।

केही नेताहरु सोमबारै काठमाडौंबाट जाने समेत बुझिएको छ । 

दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए ।

पदाधिकारी मध्ये एक उपसभापति विजयकुमार गच्छेदार, महामन्त्रीद्धय डा शशांक कोईराला र पूर्ण बहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिका नौ जना बाहेक अन्य नेताहरुलाई जिल्ला खटाइएको हो ।

जिल्लामा खटाइएका नेताहरुमध्ये अधिकांश शनिबार गएका छन् भने केही नेताहरु शुक्रबारै गएका थिए । 

तराईका नेतालाई पहाडी तथा हिमाली क्षेत्रमा र हिमाली तथा पहाडी क्षेत्रका नेतालाई तराई क्षेत्रमा खटाइएको छ भने सांसदहरुलाई काठमाडौ देखि टाढाका जिल्ला तोकिएको छ । 

पदाधिकारीहरुले तयार पारेको जिल्ला खटाउने सूचीमा महिलाहरुलाई पनि सुगम जिल्लाहरुमा खटाइएको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ