arrow

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

logo
रासस,
प्रकाशित २०७५ पुष १५ आइतबार
top-bahadur-rayamajha.jpg

इलाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्टयाएका छन्। “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हुँदै जाने प्रक्रिया हो”, उनले भने। 

नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गरेका छन्। पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गरेका छन्। 

पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उनले जानकारी दिए। उनले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ