arrow

राष्ट्रिय जलवायु सम्मेलन आजदेखि सिन्धुपाल्चोकमा : ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुख सहभागि  

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
climate-change.jpg

काठमाडौं। जलवायु परिर्वतनको असर र कारणबारे देशभरका जनप्रतिनिधिलाई बुझाउन राष्ट्रिय जलवायु सम्मेलन आजदेखि सिन्धुपाल्चोकमा सुरु हुदैछ। जलवायु परिर्वतनको असर र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ सुरु हुने ‘राष्ट्रिय जलवायु सम्मेलनका लागि ७७ जिल्लाका मेयर लगायतका जम्बो टोली सिन्धुपाल्चोक जादैछ।

सिन्धुपाल्चोकमा यो सम्मेलनको आयोजना गर्न लागेको भए पनि जलवायु परिर्वतनको क्षेत्रमा जनप्रतिनिधि नै सहभागी भएर हुन लागेको यो पहिलो राष्ट्रिय सम्मेलन हो। जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले आयोजना गरेको ‘राष्ट्रिय जलवायु सम्मेलनमा  सहभागी हुन  ७७ बटै जिल्लाका मेयर , उपमेयर लगायत सहभागी हुन लागेका हुन। सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ। 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटर उचाईमा रहेको गुफाडाँडामा हुने सम्मेलनका लागि ७७ वटा राष्ट्रिय झण्डा फहराइएका छन भने ग्लोबल वामिङ्गको संकेट दिने पुथ्वी बोकेका मान्छेको मुर्ति बनाइएको छ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट  पुस १६ गते सोमबार हुनेछ। सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन। त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र यो क्षेत्रका ११ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा कार्बन उत्सर्जन गर्ने औद्योगिक मुलुकले कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले बताए।

इन्द्रावती याङग्रे र लार्के हुदै मेलम्ची नदी हुदै पानी काठमाडौ आउने क्रममा रहेपनि यो क्षेत्रको हिमालमा हिउ कम हुदै गएको र यसले पानी सुक्दै जाने क्रम बढेको  सिन्धुपाल्चोकका मेयर डम्बर अर्यालले बताए। उपत्यकामा पुग्न  लागेको पानी आउने क्षेत्रको अवस्था देखाउनका लागि मेलम्चीको गुफाडाँडा छनौट गरेको पनि मेयर तथा मु ल व्यवस्थापन समिति सदस्य अर्यालले जानकार दिए। हिमालमा हिउ सुक्दै गएको र यसले नेपालले कार्बन उत्र्सजन नगरेपनि यसबाट उत्पन्न  जलवायु परिर्वनको असर भोग्नुपरेको छ। विश्वमा कार्बन उत्र्सजन गर्नेमा नेपाल चौथो स्थापनमा देखिएको तर नेपालले कार्बन उत्सर्जनको अवस्था शून्य हुँदा पनि सो मारमा नेपाली परेकोप्रति बृहत् छलफल गनुपर्ने आयोजकले जनाएको छ।

विकासका नाउँमा डाँडाकाँडामा डोजर चलाउने, नदी, खोलानालाबाट अव्यवस्थित तरिकाले ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन नरोकिने हो भने बाढी, पहिरो तथा डुवानको समस्या विकराल रुपमा नेपालले भोग्नुपर्ने प्रति सचेत गराउन सम्मेलन आयोजना गरीएको  मेयर डम्बर अर्यालले बताए। 

यसैबीच , प्रदेश तथा स्थानीय तहले विकासका कार्यक्रम सञ्चालन गर्दा जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। जिल्ला समन्वय महासंघको आयोजनामा सोमवारदेखि सिन्धुपाल्चोकमा सुरु हुन गइरहेको जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विज्ञहरुले वातावरण विकासको अभिन्न अंग भएकाले वातावरणीय पक्षलाई मूल प्रवाहीकरण गरेर योजना निर्माण तथा कार्यान्वयन गर्न जोड दिएका हुन्। 

जलवायु परिवर्तनको असरले विश्वकै चौथो जोखिमयुक्त मुलुकको सूचीमा रहेको नेपालले वातावरणलाई वेवास्ता गरेको अगाडि बढाएको विकासले प्रतिफल दिन नसक्ने मत विज्ञहरूको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ