arrow

अन्तर–कोरियाली सम्बन्धप्रति आशावादी छौं : चिनियाँ विदेशमन्त्री

logo
योनहाप,
प्रकाशित २०७५ पुष १५ आइतबार
chinese-foreign-minister.jpg

बेइजिङ। चीनका विदेशमन्त्री वाङ यीले अन्तर–कोरियाली सम्बन्ध सुधारका लागि भएका हालैका प्रगतिलाई चीनले पूर्ण समर्थन गर्ने बताएका छन्। उनले गत जुनमा सम्पन्न शिखर सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन गर्न संयुक्तराज्य अमेरिका र उत्तर कोरिया समक्ष आग्रह पनि गरे। विदेशमन्त्री वाङले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्न तथा शान्तिपूर्ण कोरिया निर्माणका लागि वार्ताद्वारा समस्याका समाधान गर्न चीनले सदैब समर्थन गरिआएको चर्चा गर्दै विगत २० वर्षदेखि चीनले कोरियामा शान्तिपूर्ण वातावरण निर्माण गर्न विशेष पहल गरिरहेको बताए।

उनले उत्तर कोरियाली नेता कीमको पूर्ण प्रतिबद्धता आणविक निःशस्त्रीकरणमा देखिएको बताउँदै यस वर्षका वार्ता र संवादले सर्वत्र आशा जगाएको छ भने। चीनका उच्च कुटनीतिक व्यक्तित्व वाङले चीनका स्थानीय संवाददाताहरुसँग कुरा गर्दै उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाका शीर्ष व्यक्तिहरुबीच भएको सिंगापुर बैठकले कोरियाली द्वीपमा उत्पन्न जटिलता अन्त्य गर्न सार्थक प्रयत्न गरेको छ भने। उनले उत्तर र दक्षिण कोरियाली नेताहरुबीचको एकै वर्ष भएका तीनवटा बैठकले अन्तर कोरियाली सम्बन्धमा नयाँ आयाम सिर्जना गरेको बताए।

वाङले दुबै कोरियाबीचको सम्बन्धमा सुधार ल्याई कोरियाली द्वीपमा वास्तविक शान्ति स्थापना गर्न सक्षम हुने विश्वास व्यक्त गरे। “अब उत्तर कोरिया र अमेरिकाले पनि सम्झौता बमोजिमका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्नु पर्दछ,” वाङले भने। उनले कोरियाली द्वीपमा शान्तिपूर्ण अवस्था सिर्जना गर्ने कार्यमा चीनको पूर्ण समर्थन रहने बताए। विदेशमन्त्री वाङले आणविक निःशस्त्रीकरणको कार्य सँगसँगै उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच शान्ति सम्झौतालाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ