arrow

निर्मलाका हत्यारा जोसुकै भएपनि कारवाही गरिछाड्छौं : प्रहरी प्रमुख खनाल

पाँच महिना बितिसक्दा समेत हत्यारा पत्ता नलाग्नुले कार्वाही हुनेमा शंका 

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ पुष १५ आइतबार
ig-khanal.jpg

कञ्चनपुर। प्रहरी प्रमुख तथा महानिरीक्षक सर्वेद्र खनालले निर्मलाका हत्यारा जोसुकै भएपनि कार्वाही गरिछाड्ने बताएका छन्। विभागीय काममा सिलसिलामा आइतबार कञ्चनपुर पुगेका महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमो अधिकारकर्मी लगायत आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिका पदाधिकारीसंग छलफलका क्रममा यस्तो कुरा बताएका हुन्। 

छलफलमा महानिरीक्षक खनालले निर्मला हत्याकाण्ड अनुसन्धानका लागि प्रहरीले कठिबद्ध भएर खटिएकाले कार्वाही हुने विश्वास दिलाए। महानिरीक्षक खनालले निर्मला हत्याकाण्डको पछिल्लो अवस्थाको स्थलगत अध्यनन गरेका छन्। ‘हामीले कुनैपनि पाटोबाट अनुसन्धान छाडेका छैनौँ, ‘प्रहरी महानिरीक्षक खनालले भने, ‘हामी अहोरात्र अनुसन्धानमै खटिएका छौँ सबै पाटोबाट अनुसन्धान जारी छ।’ शंकाको दायरमा आएका व्यक्ति साना वा ठुला किन नहुन सबैमाथि अनुसन्धान अघि बढाएको उनले बताए। ‘हत्यारा जो सुकै किन नहुन अपराधमा संलग्न भएका छन्, भने उनीहरुलाई कार्बाही गरेरै छाड्छौँ।’

प्रहरी महानिरीक्षक खनालले प्रदिप रावल र विशाल चौधरीलाई यातना दिदै नदिएको स्पष्ट पारे। ‘हामी टर्चर गर्दैनौँ, ‘उनले भने, ‘विभिन्न विधि प्रयोग गरिएपछि केही नआए सोधपुछ मात्रै गछौँ।’ प्रहरी महानिरीक्ष खनालले चिनजानेका आफन्तबाट हुने हत्या बलात्कारका घटना न्यूनिकरण गर्न चुनौती रहेको समेत बताए।

प्रहरीको आन्तरिक छानबिन र उच्च स्तरिय छानबिन प्रतिवेदन अनुसार घटनामा लार्पबाही गर्ने प्रहरीलाई कार्बाही गरिएको समेत बताए। प्रहरी महानिरीक्षक खनालसंगै आएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख नायब प्रहरी महानिरीक्षक निरज शाहीले निर्मला हत्याकाण्डमा सिनियर प्रहरी अधिकृत खटाईएको बताए। ‘ठोस रुपमा सबुत प्रमाण ल्याएर दोषी सार्वजनिक गछौँ, ‘उनले भने, ‘शंकाको दायरमा आएका व्यक्ति जो सुकैबेलामा पनि अनुसन्धानमा आउँछन्।’ पटक पटक पक्राउ परेका व्यक्तिपनि अपराधी हुनसक्ने उनले बताए। प्रहरी महानिरीक्षक सामु कञ्चनपुरका अधिकारकर्मी एव नागरिक संघर्ष समितिका पदाधिकारीले वास्तविक हत्यारा मात्रै सार्वजनिक गर्न आग्रह गरेका छन्। 

दिलिप विष्ट जस्तै प्रदिप रावल र विशाल चौधरीलाई जसरी फसाउन प्रहरीले षड्यन्त्र रचेको भन्दै अब यस्ता गरिब निमुखालाई नफसाउन समेत उनीहरुले अनुरोध गरेका छन्। अधिकारकर्मी माया नेगीले प्रहरीले कसैको भनाई अनुसन्धान भन्दा पनि आफ्नो हिसाबले तथ्यका आधारमा अनुसन्धान गनुपर्नेमा सुझाव दिईन्। अनुसन्धानका नाममा कसैको व्यक्तिगत चरित्र हत्या गर्न नहुने बताउदै उनले छानबिनका क्रममा पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गर्न नहुने उनको भनाई थियो।

नागरिक संघर्ष समितिले सिआईबीका डिएसपी अंगुर जिसीलाई सुरक्षित राखिएको भन्दै आपत्ति जनाएको। प्रहरीको भनाए र गराएमा फरक देखिएको संघर्ष समितिको आरोप छ। नागरिक संघर्ष समितिमा संयोक मीना भण्डारीले ठूलाबडालाई कार्बाहीको दायरामा ल्याउन नसक्नुले अपराधी पत्ता नलागेको बताए।

‘ठूलाबडालाई कार्बाहीको दायरामा ल्याउन सकेको छैन, उनले भने, ‘गरिबका छोराहरुलाई अनुसन्धानका नाममा यातना दिनुले प्रहरीको अनुसन्धाल शंकाको घेरामा रहेको छ।‘ पाँच महिना बितिसक्दा समेत हत्यारा पत्ता नलाग्नुले  निर्मलाका हत्यारा लाई कार्वाही हुनेमा शंका उत्पन्न भएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर आईपुगेका छन्। १३ बर्षिया बालिका निर्मला हत्याकाण्ड भए यता उनी दोस्रो पटक यहाँ आएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ