arrow

सरकार नियन्त्रणमुखीः दिलेन्द्रप्रसाद बडू

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष १५ आइतबार
dilendra-prasad-badu.jpeg

दार्चुला। देशको हरेक परिवर्तनमा नेपाल विद्यार्थी संघको भुमिका नेतृत्वदायी रहेको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्। नेपाल विद्यार्थी संघ दार्चुलाको ९ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई जिल्ला सदरमुकाम खलंगामा सम्बोधन गर्दै बडूले निरङकुसता र बेतिथिका विरुद्ध लड्ने जुझारु अग्रमोर्चाका रुपमा नेपाल विद्यार्थी संघलाई लैजानु पर्ने बताए। उनले अधिवेशनबाट कुशल नेतृत्व चयन हुने अपेक्षा राखे।

अर्को प्रसंगमा बोल्दै बडूले दुई तिहाईको वर्तमान सरकार भ्रष्टाचारी भएको आरोप लगाए। नेपाली कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको मर्यादा वर्तमान सरकारले विर्सिरहेको भन्दै उनले प्रतिपक्षको भुमिकामा रहेर सरकारलाई खबरदारी गरिरहेको बताए । वर्तमान सरकारले मुलुकको स्वतन्त्र न्यायापालिका, संवैधानिक निकायहरुमा हस्तक्षेप गरिरहेको उनको आरोप थियो ।

यस्तै लोकसेवा आयोग स्वायत्त संस्था भएको भन्दै सदस्य बडूले हिजो मात्रै वर्तमान सरकारले लोकसेवा आयोगलाई नियन्त्रणमा ल्याउने निर्णय गरेको बताए। संस्थागत र सुनियोजित ढंगले मुलुकमा भ्रष्टाचार भैइरहेको सदस्य बडूले बताउनु भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारका पाला नयाँ बाइड बडी जहाज खरिद गर्ने निर्णय भएको तथा वर्तमान ओली सरकारले पुरानो जहाज खरिद गर्ने निर्णय गरेको उनको भनाई छ । जहाज खरिदमा वर्तमान सरकारले ६ अर्व ५८ करोड रुपैयाको भ्रष्टाचार गरेको उनले बताए।

निर्मला पन्त हत्या प्रकरणका विरुद्ध नेपाली कांग्रेस सुरुवात देखी वर्तमान सरकारको विरुद्धमा उत्रिएको भन्दै प्रतिनिधिसभा सदस्य बडूले हत्यारालाई कानुनी कठघरामा उभ्याउन नसके भोली अर्की चेलीले समेत निर्मला पन्त जस्तै बन्नु पर्ने अवस्था सिर्जना हुने उनले बताए । निर्मलाको हत्यारालाई तत्काल पत्ता लगाई कारबाही गर्न वर्तमान सरकारलाई घचघच्याई रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशसभा सदस्य नन्दा बमले नेपाल विद्यार्थी संघलाई ९ औं अधिवेशनको सफलताको शुभकामना दिइन। कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिह बोहरा, कांग्रेस नेता मदन गिरी, विक्रम धामी, मान सिह बुढाथोकी, उमेश खत्री, पदमराज पन्त, लगायत नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लगायतले आ–आफ्नो धारणा व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ