arrow

बंगलादेश चुनाव : हि‌ंसामा १७ को मृत्यु, प्रधानमन्त्री हसिनाको पार्टी अगाडि

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १५ आइतबार
bangladesh1.png

काठमाडौं । बंगलादेशमा नयाँ सरकार चयनको लागि आइतबार तनावपूर्ण अवस्थामा मतदान सम्पन्न भएको छ । प्रधानमन्त्री शेख हसिनाको पार्टील निर्वाचनमा धाँदली गरेको आरोपका बीच भएको निर्वाचनमा भएको हिंसामा परी १७ जना मानिसहरुको ज्यान गएको छ । 

बंगलादेशको निर्वाचन आयोगका अनुसार ३ सय संसदीय सिटमध्ये २ सय ९९ सिटमा मतदान भएको हो । एक उम्मेदवारका निधनको कारण एउटा सिटमा मतदान नभएको हो । हसिना चौथोपटक प्रधानमन्त्री बन्नका लागि चुनाव लडिरहेकी छिन् । 

स्थानीयसमयअनुसार आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी थियो । निर्वाचनको क्रममा भड्किएको हिंसामा परी १ प्रहरी जवानसहित १७ जनाको ज्यान गएको हो । 

त्यसका साथै दर्जनौं मानिसहरु घाइते भएका छन् । बंगलादेशमा १० करोड ४१ लाख मानिसहरु मतदानको लागि योग्य छन् । निर्वाचन आयुक्तले संवाददातासँग कुरा गर्दै केही घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा सकिएको जानकारी दिए । सुरक्षाको कारण मोबाइल डाटा अस्थायीरुपमा रोकिएको थियो । साथै इन्टरनेटको गति पनि घटाइएको थियो । बंगलादेशमा यो ११ औं आम निर्वाचन हो । 

निर्वाचनपछि यसको नतिजा पनि आउन सुरु भइसकेको छ । प्रधानमन्त्री शेख हसिनाले गोपालगञ्ज–३ बाट एकतर्फीरुपमा जित हासिल गरेकी छिन् । उनले २ लाख २९ हजार ५४ सय ३९ मतका साथ जित हासिल गरेकी हुन् । 

उनका विपक्षीले केवल १ सय २९ मत पाएका छन् । अहिलेसम्मको अवधिमा १८ स्थानमा सत्तारुढ पार्टी अगाडि देखिएको छ । उसले १८ सिटमा जित हासिल गरिसकेको छ । जतिया पार्टीले ५ र बीलपीले २ स्थानमा जित हासिल गरेका छन् । एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सोमबार बिहाहनसम्म निर्वाचनको आधिकारिक नतिजा आइसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ