arrow

बंगलादेशमा शेख हसिनाको पार्टीलाई भारी बहुमत, हसिना लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
sheikh-hasina.jpg

काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भारी बहुमतसहित विजयी भएको छ ।

अवामी लिगले ३५० संसदीय मध्ये २८१ सिटमा जित हासिल गरेको छ । योसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् । बंगलादेशको इतिहासमा निरन्तर तेस्रो कार्यकाल कोही पनि प्रधानमन्त्री बनेका छैनन् । 

प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ । विपक्षीको पार्टीले जम्मा ७ सिट जितेको छ । 

मतदानका क्रममा विभिन्न जिल्लामा हिंसात्मक घटना भएका थिए । उक्त घटनामा सत्ताधारी र विपक्षीका गरी १७ जनाको ज्यान गएको थियो ।

प्रमुख विपक्षी दलकी नेतृत्व बेगम खालिदा जिया जेलमै भएका बेलामा निर्वाचन भएको हो । हसिना सन् २००९ देखि सत्तामा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ