arrow

काठमाडौंको तापक्रम आज शून्यमा : बुधबारदेखि  बदली भई केही ठाउँमा पानी पर्ने

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
fog-kathmandu.jpg

काठमाडौं। काठमाडौँको तापक्रम सोमबार शून्यमा पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ। आज बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको मौसमविद राजु प्रधानाङ्गले बताए। केही दिनदेखि एक डिग्रीमा रहेको तापक्रम आज अझ घटेर ०.५ डिग्री मापन गरीएको हो। 

केही दिनदेखि काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीको आसपासमा रहेको छ। आज बिहान मापन भएको तापक्रम यो वर्षकै सबैभन्दा कम हो। तर तापक्रम अझै कम हुने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए। गएको बर्षमा पनि ३ दिन तापक्रम शुन्यसम्म पुगेको थियो।

यो बर्ष पनि तापक्रम पुस १५ देखि माघ १५ सम्म निरन्तर झर्ने क्रम जारी रहने बिभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले निरन्तर तापक्रम घटने क्रम जारी रहने छ। यस्तै आज दिनभर मौसम सफा रहनेछ। तर मंगलबार बेलुकादेखि भने मौसममा बदलाव आउने छ। बुधबार बदली भई देशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको विभागले जनाएको छ। बुधबारदेखि पश्चिमी वायुको प्रभावले बदली भई केही ठाउँमा पानी पर्नेसम्भावना रहेको मौसमविदले बताएका छन्।

देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी पहाडी क्षेत्रमा आंशिक बलदी हुने सम्भावना रहे पनि देशका अरु ठाउँको मौसम सफा रहने मौसमविद वरुण पौडेलले बताए।

तराईका क्षेत्रमा बिहानमा हुस्सु तथा कुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने छ। उच्च पहाडी क्षेत्रका केकी ठाउँमा हिउ पर्ने सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ