arrow

नेकपाको यूवा संघका उपाध्यक्षले सरकारी कर्मचारीको फुटाए नाक, टेण्डर कब्जा गर्न खुलेआम गुण्डागर्दी

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
yuba-sung-lanjung-1.jpg

लमजुङ। सत्तारुढ नेकपाको भातृ संगठन यूवा संघ सुन्दरबजारका उपाध्यक्ष नविन श्रेष्ठले नगरपालिकाका लेखापालमाथी कुटपिट गरेका छन्। आफनो कार्यकक्षमा काम गर्दै गरेका सुन्दरबजार नगरपालिकाका लेखापाल श्याम बहादुर पराजुलीलाई श्रेष्ठले एक्कासी कार्यकक्षमै आएर कुटपिट गरेका हुन्।

सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले आज बिहान ११:२० बजेको समयमा कार्यालयमै पसेर कुटपिट गरेका हुन्। कुटपिटबाट लेखापाल पराजुलीको अनुहारभरी गम्भिर चोट लागेको छ। 

‘एक्कासी आएर म माथी कुटपिट गर्‍यो, लेखापाल पराजुलीले रुँदै भने, ‘बाहिर आईज भनेर बोलायो, मैले भित्रै आउनुस भने, त्यसपछि मलाई नटेरने तैले भनेर म माथी जाईलाग्यो, अन्धाधुन्द कुटाईले मेरो शरीर थिलो थिलो भएको छ, उनले भने। लेखापाल पराजुलीलाई अहिले उपचारका लागी लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याईएको छ। श्रेष्ठले लेखापाल सँगै नगरपालिकाका नासु होमनाथ पौडेललाई समेत हातपात गरेका थिए।

सुन्दरबजार अस्पतालले औषधी सम्बन्धी २६ लाख ५० हजार बराबरको टेण्डर आव्हान गरेको थियो। उपाध्यक्ष श्रेष्ठ अहिले फरार छन्। उनको खोजीकार्य भैरहेको डिएस्पी यादव ढकालले बताए। श्रेष्ठ यसअघि पनि विभिन्न घट्नामा संलग्न हुँदै आएका छन्। पराजुली गत फागुनबाट सुन्दरबजार नगरपालिकामा लेखापालको रुपमा कार्यरत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ