arrow

नेकपाका दुई पाइलटले देशलाई दुर्घटनातर्फ लगे, सतर्क रहन गगन थापाको आग्रह

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ कम्युनिस्ट सरकारले देशलाई ठूलो दुर्घटनामा पार्ने खतरा रहेकाले जनतालाई सतर्क रहन आग्रह गरेका छन्। मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेसले गरेको कार्यक्रममा बोल्दै नेता थापाले अहिले नेकपाका दुई पाइलटका गैरलोकतान्त्रीक कृयाकलापले पार्टी छिट्टै दुर्घटनामा पर्ने बताएका हुन्।

‘नेकपाका नेताहरुसँग गणतान्त्रीक मूल्य मान्यता छैन’, उनले भने, ‘नेकपाका दुई पाइटल मध्ये एउटालाई संघीयता मन पर्दैन, अर्कोलाई लोकतन्त्र मन पर्दैन। यसै गरी देश चलाउन दिने हो भने उहाँहरुको आफ्नै मत बाझिएर देश ठुलो दुर्घटनामा पर्ने छ।

थापाले कांग्रेसले वीपिको बाटो नभुलेको पनि बताए। उनले पार्टी वीपिको मेलमिलापको सिद्धान्तमा दृढ रहेको बताए। ‘आज कमल थापा अर्को मञ्चमा मेलमिलाप दिवस मनाइरहनु भएको छ। मेलमिलाप बारे मण्डलेले कांग्रेसलाई सिकाइ रहनु पर्दैन’, उनले भने, नेपालको राष्ट्रियता कसरी जोगाउने भन्नेबारे मन्डले भन्दा बढी हामीलाई थाहा छ।

‘गिरिजा प्रसाद कोइरालाले द्वन्द्वरत माओवादीलाई शान्ति वार्तामा ल्याउनु भयो, शुसिल कोइरालाले संविधान दिनु भयो, शेरवहादुर देउवाले तीनै तहको निर्वाचन सफलतासाथ सम्पन्न गराउनु भयो’, उनले भने,  ‘नेपाली कांग्रेस राष्ट्रियताको सवालमा कति गम्भिर छ भन्ने कुरा यसैले देखाउँछ।’ नेता थापाले कांग्रेसको अबको राजनीतिक स्वार्थ भनेको यो संविधानलाई जोगाउने भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ