arrow

विपी चिन्नत नै मुलुकको सवृद्धि : खाँण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष १६ सोमबार
bal-krishna-khad.jpg

कपिलवस्तु। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री वालकृष्ण खाणले विपिको चिन्नन गरे मात्र नेपाली समाजमा विकास र सवृद्धी हुने बताएका छन्। नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा आयोजित ४३ औ राष्ट्यि एकता  तथा मेलमिलाप दिवसमा खांणले यस्तो धारणा व्यात्त गरेका हुन्। बामपन्थी नेताले समेत आज विपीको सिद्धान्त समाजवाद अगालेको हुँदा यो सर्वमान्य सिदान्त भएको समते उनले बताए।

नेपालमा जन्मीएका विपी कोइरला र गौतम वुद्धका सन्देश उपदेश नेपालको विकास कार्यशैलि र सामान्य नागरिकको हक हित र आचरण सँग सम्वन्धीत भएको हुदा इतिहास र वर्तमान र भविष्यमा उत्त विचारहरु अमर रहने बताए।

नेपाली कांग्रेसले सिद्धान्तमा मात्र विपीको विचार रटान नगरी सबै क्षेत्र र कर्मथलोमा विचार अगाल्नु पर्ने समेत उनले बताए। राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्दा वाहिर कोही पनि रहन नसक्ने र देश समेत नरहने हुँदा यस्ता सिदान्तलाई केही हद सम्म मानेमा पनि समाजमा सकरात्मक परिवर्तन र विकास हुने समेत उनले बताए। 

कार्यक्रममा वोल्दै सांसद अभिषेक प्रताप शाहले वर्तमान के पी सरकारले जनतालाई झुटा आश्वासन दिने हत्या हिंसामा लाग्नेलाई कारवाही गर्नुको साटो प्रशय दिउको आरोप लगाएका छन्। भारत वाट पानी जहाज यही वर्ष आउछ , घर घरमा ग्यास आउछ भन्ने जस्ता अभिव्यात्ती भारतीय पक्षलाई थाहा नभएको शाहले बताए। भारतमा उच्च अधिकार संग भेट गरेर यस्ता आश्वसान वास्तविक हो भन्दा भारतिय अधिकारीहरुले यस्ता काम गर्नको लागी १० औ वर्ष लाग्ने तर्क गरेको उनले बताए।

कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, प्रदेश सभा सदस्य रिना नेपाल, पुर्व जिल्ला विकास सभापति रमेश शर्मा, पुर्व  पार्टी सचिव शुरेश शर्मा, पार्टी सचिव महेन्द्र पाठक,जिल्ला सदस्य रवि काफ्ले,बहमानन्द उपाध्याय, परमात्मा पाठक, युवराज के.सी कोषाध्यक्ष शोहरत तेली क्षेत्रिय सभापति अकेल मिया लगायतले विपीको विचारका बारेमा बोलेका थिए। 

पार्टी सभापति सुरेन्द्रराज आर्चायको सभापतित्व र महिला संघकी केन्द्रिय सदस्य इन्द्रिरा भट्राईको स्वागत र पार्टी सचिव प्रेम बहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ