arrow

माइतीघरमा आन्दोलित कर्मचारी भन्छन्, 'अबको आन्दोलन सिंहदरबार केन्द्रित'

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
Karmachari_Andolan.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा निकटका कर्मचारीहरु माग पूरा नभई आन्दोलनबाट पछि हटेपछि काँग्रेस निकट कर्मचारीहरुले एक्लै सडक आन्दोलनमा उत्रिएका छन् ।  पहिले आन्दोलनमा रहेका नेकपा निकट कर्मचारीहरुले नेतृत्वको दबाबपछि आन्दोलनबाट हात झिकेपछि काँग्रेस निकट कर्मचारीहरु एक्लै आन्दोलनमा छन् । विशेषगरी आधिकारिक ट्रेड युनियनले आन्दोलनबारे अर्कै कुरा गर्न लागेपछि प्रतिपक्षी काँग्रेस निकट कर्मचारीहरु एक्लै सडकमा उत्रिएका हुन् ।  

गत शुक्रबार कुनै पनि कर्मचारी युनियनको अघुवाई विना नै स्वतस्फूर्त रुपमा केही कर्मचारीहरुले माईतीघर मण्डलामा आएर विरोध प्रदर्शन गरेका थिए । सोही ढाँचामा निजामती कर्मचारी युनियन संघको व्यानरमा सोमबार अपराह्न ३ बजे माईतीघर मण्डलामा आन्दोलन गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए । उनीहरुले कालो व्यानर लिएर ३ बजे विरोध प्रदर्शन गरेका थिए । 

तर, नेकपा निकट कर्मचारीहरुको बाहुल्यता रहेको आधिकारिक ट्रेड युनियनले आईतबार संघीय मामला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलियासँग भेट गरेपछि आन्दोलनबाट पछि हटेको थियो । मंगलबार आधिकारिक ट्रेड युनियनसँग सरकारले थप वार्ता गर्ने तयारी गरिरहेको छ । सोमबार आन्दोलनमा उत्रिएका कर्मचारीहरुले सरकारले आधिकारिक ट्रेड युनियनसँगको छलफलपछि थप कार्यक्रम तय गर्ने तयारीमा रहेको छ। आफूहरुको माग पूरा नगरे मंगलबारदेखि नै नयाँ आन्दोलनको कार्यक्रम तय गर्ने तयारीमा आफूहरु रहेको उनीहरुले बताएका छन्। वरिष्ठ उपाध्यक्ष अधिकारीले अब आफूहरुको आन्दोलन सिंहदरबार केन्द्रीत हुने प्रतिक्रिया दिए । यस अघि शनिबारसम्म अध्यादेशमा आफूहरुको माग पूरा गर्नको लागि सात दिने अल्टिमेटम दिएको आधिकारिक ट्रेड युनियनले सचिवसँगको भेटपछि कुरा मोडेपछि युनियन एक्लै आन्दोलनमा जाने तयारी गरेको हो । 

आइतबार आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूहरु आन्दोलनमा नै नउत्रिएको प्रतिक्रिया दिए । हाम्राकुरासँगको कुराकानीको क्रममा उनले आफूहरु संवादमा सहभागी भएको भएपनि आन्दोलन नरहेको प्रतिक्रिया दिए । उनले सात दिने अल्टिमेटम भित्र कति माग पूरा भयो त ? भन्ने प्रश्नमा मागहरु विस्तारै पूरा हुँदै जाने प्रतिक्रिया दिए । आफूहरुले आफ्ना समस्या सचिवसँग राखेको भन्दै सचिवले पनि मन्त्रीसँग कुरा गरेपछि मंगलबार फेरि बैठकको लागि बोलाएको प्रतिक्रिया दिए । उनले संघीय निजामती ऐनमा आफूहरुको माग समेटिने बताए । तर, अहिलेको समायोजन प्रक्रिया नरोकिने प्रतिक्रिया पनि उनले दिए । 

अधिकारीका अनुसार सो विरोध कार्यक्रममा सम्पूर्ण विभागीय र मन्त्रालयका कर्मचारीहरुले साथ दिएका थिए । उनका अनुसार अध्यादेशको विरोधमा आफूहरु युनियनको झण्डा लिएर पहिलो पटक सडकमा उत्रिएको हो । यो अध्यादेश सच्याएर ल्याइएन भने आफूहरु थप विरोधका कार्यक्रम ल्याउन बाध्य हुने उनले प्रतिक्रिया दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ