arrow

नयाँ वर्ष सन् २०१९ को स्वागत, विश्वभर न्यूइयर इभ

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
new-year-2019.jpg

काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार मंगलबारदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले मंगलबार एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन्। ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले जानकारी दिए । 

सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी छ । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ। तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ। इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए।

नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विशेष रुपमा यो पर्व मनाइन्छ। विश्वभर सोमबार राति न्यूइयर इभ मनाइयो भने मंगलबार बिहान नयाँ वर्षको स्वागत गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ