arrow

जनताले ‘राजा आऊ’ भन्यो कि तर्सिन्छन् ओली–प्रचण्ड, किन ?

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
prachanda-oli.png

 काठमाडौं । २०७२ सालको महाभूकम्पले जग बलियो नभएका घरहरु ध्वस्त पार्यो । जग बलियो भएमात्र घर बलियो हुने हो । भूकम्पले जग बलियो नभएका घर लग्यो । भवन लग्यो । पुराना धरोहर लग्यो । 

जब जग बलियो छैन भने त्यो घर बलियो छ भनी दावी गर्न सकिन्न । त्यही दावीबीच प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जहिले पनि सशंकित भइरहेका हुन्छन् । 

दुई तिहाईको समर्थनमा बनेका अहिलेसम्मका नेपालकै बलिया प्रधानमन्त्री हुन् ओली । तर उनले कतिबेला कोसंग के सम्झौता वा सहमति गरेका थिए होला जसले गर्दा उनी अझै पनि झस्किरहन्छन् ।

कुन बेला जनताले कुर्सी खोसेर जेल पु¥याउने हुन् भन्दै उनी झस्किन थालेको उनी निकट स्रोत बताउँछ । कुनै बेला राजतन्त्रका लागि लबिङसमेत गर्न पछि नपरेका ओलीले विभिन्न सहमति गर्दै आफू नेतृत्वमा पुग्ने र वाचा भुल्ने गरेकाले पनि अहिले तर्सिने गरेको बताइन्छ । 

बुढानीलकण्ठ र विदेशमासमेत पूर्वराजपरिवारसंग छलफलमा बसेका ओली अहिले त्यही कारण समय समयमा बर्बराउने गरेको प्रसङ्ग उनी निकटकाहरु नै भन्ने गर्छन् । आफू बेइमान भएपछि अरुलाई पनि बेइमान नै देख्ने उनको बानी अहिले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नै परेको छ । उनले आफैले बोलेका कुराहरु आफैले काट्नुपर्ने र गरेका बाचाहरु भुलेर लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन् । 

पूर्वराजाका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरेका हुन् । खासमा उनी डराइरहेका हुन् । उनले डराएरै भनेका छ –‘अहिले कोही कोही देश दौडाहा, तीर्थ र श्राद्धमा गएका छन्, अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन । हामी उपलब्धि गुम्न दिँदैनौं ।’

ओली र ओलीसंगै अब दलीय रुपमै सहयात्रा गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड फरक प्रवृत्तिबीच डराउने गरेका छन् । ओलीले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरेका छन् । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि बलियो भने बन्न सकेन । आपसमा द्धन्द्ध छ । त्यसैले त भरोसा छैन । कोही बीचमा खेल्न आउने हो कि भन्ने चिन्ता उनीहरुमा छ । 

कम्युनिष्ट सरकारले विपक्षी दलहरुलाई मिलाएर लैजान सकेन । भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । बेथिति बढायो । महंगी बढायो । तसर्थ जनताको साथ छैन । अनि अहिले फेरि आफ्नो रोजीरोटी गुम्छ कि भनेर डराइरहेको छ । जवरजस्ती सरकारले राम्रो काम गरिरहेको छ भनी भन्न वाध्य छन् । 

झुठको बलमा धेरै टिक्न सकिँदैन । त्यसैले त ओलीलाई छट्पटी हुन्छ । गाली गर्न कसैलाई बाँकी राख्दैनन् । उनले आफूलाई जेल हाल्नेहरुलाई अहिले भत्भती् पोलेको छ भन्दै ब्यङ्ग्य गरिरहेका छन् । हो, पञ्चायतले उनलाई जेलमा हाल्यो । तर उनले राजनीति गरेको र जेलमा गएको आफ्ना लागि कि जनताका लागि ? परिवर्तनका लागि कि जनतालाई चुस्नका लागि ? 

प्रचण्डले पनि त्यसै गरिरहेका छन् । पहिले अफबाह फैलाउन सशस्त्र द्धन्द्धका बेलामा राजपरिवारको साथ रहेको बताउँथे । अहिले पूर्वराजाबाट स्वतन्त्रतापूर्वक हिंड्न खोज्दा पनि आत्तिने गर्छन् । कहीं कतै नाचेको पनि देखिसहँदैनन् । 

जुन राजाले नारायणहिटी सहजै छोड्यो, जुन राजाले नागरिकको हैसियतले बस्न स्वीकार्यो । अनि त्यही पूर्व राजाले नागरिक जस्तै हाँस्न, बोल्न र नाच्न नपाउने ? अनि त्यही तर्साउने बोली बोल्न खोज्छन् प्रचण्ड । तर के अहिले गरिरहेको गतिविधिकै लागि प्रचण्डले गणतन्त्र सम्हाल्ने लाइसेन्स पाएका हुन् ? 

एमाले र माओवादी मिलेर नेकपा बनेपछि बलियो राजनीतिक दल बन्नेछ र सरकार पनि बलियो बन्नेछ त्यसपछि विकासका कामको खोलो बग्नेछ भन्ने थियो । त्यो विल्कुल हुन सकेन । सकेको पनि छैन । 

त्यही बीचमा पूर्वराजा कहीं कतै गएर ‘राजा आऊ देश बचाऊ’ भनेर राजावादीहरुको नारा लाग्नासाथ उनीहरु तर्सने गर्छन् । एक राजा फालेर आफूहरु नै राजाभन्दा माथिको दर्जाका भएको देखाउँदै आएका उनीहरुमा त्यही भूतसवारले झस्काइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ