arrow

लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ – डा कोइराला

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । 

उनले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए । “नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले भने । 

उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ