arrow

सरकार दलाल र विचौलियाको चङगुलमा फस्यो : प्रदीप पौडेल

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
pradip-jajarkot.jpg

जाजरकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार माफिया, दलाल तथा विचौलियाको चङगुलमा फसिसकेको आरोप लगएका छन्।  नेविसंघ जाजरकोटको १० औं अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारले अहिले माफिया, दलाल तथा विचौलियालाई मात्र पोस्ने काम गरेको दाबी गरे।

“निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रमाणित गरेको छ, घटनाक्रमले पन्तको हत्याराले सरकार नै हल्लाउन सक्ने सङकेत दिएकाले, वास्तविक हत्यारा पत्ता लाग्ने सम्भावन पनि कम छ” नेता पौडेलले भने। “चरम यातना दिई पटक पटक निर्दोषलाई फसाउने काम भएको छ, लोकतान्त्रिक राज्यमा यो भन्दा घृणित काम अरु हुनै सक्दैन” पौडेलेको भनाइ थियो।

निर्मलाको हत्यारा पत्ता लागिसक्यो भन्दै हिड्ने उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले तत्काल नैतिकताको आधारमा राजीनमा दिनुपर्ने माग समते पौडेलले गरे। कम्युनिष्टले आफ्नै मात्र स्वार्थ हेर्ने भएकाले जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न बनाउन कांग्रेसको विकल्प नभएको पौडेलले बताए। “हिजो जनताका छोराछोरी पढ्ने विद्यालयमा बम पड्काउने कम्युनिष्ट नेताहरुले आज विदेशी भूमिमा आफ्ना छोरा छोरीको दिक्षान्त समारोहको फोटो हाल्दै फेसबुक र ट्विटरको भित्ता भरिरहेका छन्, जनयुद्धको नाममा निर्दोष जनता माथि भएको यो चरम धोकाबाजीको पराकाष्ठा हो” पौडेलको भनाइ थियो। 

सरकारको लाचारी तथा निरिहताका कारण यो व्यवस्था नै गुम्ने खतरा उत्पन्न भएको भन्दै पौडेलले अब आम जनता नै सरकारका गलत काम कार्वाहीको पर्दाफास गर्न मैदानमा उत्रुन पर्ने बताए। राष्ट्र र राष्ट्रियतालाई कांग्रेसले सधैं उच्च प्राथमिकता दिएको भन्दै पौडेलले मुलुकलाई निकास दिन अब कांग्रेस नेतृत्व विगतको कमी कमजोरी सच्याउँदै जिम्मेवार रुपमा प्रस्तुत हुने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ