arrow

रथी पदमा बढुवा भएका गिरीलाई दर्ज्यानी चिह्न

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
sarad_giri_rathi.jpg

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका शरदकुमार गिरीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मंगलबार जंगी अड्डामा आयोजित एक विशेष समारोहकाबीच थापाले गिरीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

रिक्त रहेको रथी पद (एक)मा नाम सिफारिस भएका गिरीलाई सैनिक नियमवालीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले गत मंसिर २१ गते बढुवाको लागि सिफारिस गरेको थियो । 

गिरीलाई वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । उनीसँगै सोही बैठकको निर्णय अनुसार महासेनानी ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देल समेत सहायक रथी दर्जामा बढुवा भएका थिए । बढुवा समितिको अनुसार रथी दर्जामा सिफारिस भएका गिरीको बढुवा मन्त्रीपरिषद् बैठकले पास गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ