arrow

५७ औं नम्वरका कनिष्ठलाई टेलिकमको एमडी बनाउने तयारी, टेलिकमदेखि नेकपामा समेत खैलाबैला

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
gokul-baskota-dilliram_adhikari.jpg

काठमाडौं। नेपाल टेलिकमको रिक्त रहेको प्रवन्ध निर्देशक (एमडी) पदमा सञ्चार मन्त्री गोकुल बास्कोटाले आफ्ना विश्वासपात्रलाई ल्याउन खोज्दा टेलिकममा भाँडभैलो हुने देखिएको छ। कामिनी राजभण्डारीलाई केपी ओली सरकारले वर्खास्त गरेपछि रिक्त रहेको एमडीमा मन्त्री बास्कोटाले आफ्ना विश्वासपात्र डिल्लीराम अधिकारीलाई ल्याउने अन्तिम तयारी गरेपछि टेलिकमका भाँडभैलोको पूर्व संकेत देखिन थालेको हो। 

आफ्ना निकटलाई ल्याउनै पनि बास्कोटाले आवेदन गर्न पाउने क्राइटेरिया नै परिवर्तन गराई चलखेल शुरु गरेका थिए। पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट कामिनी राजभण्डारी नियुक्त हुँदा सिफारिस भएका दोस्रो नम्वरका सुनिल पोखरेलले आवेदन नै गर्न नपाउने गरि क्राइटेरिया बनाएर मन्त्री बास्कोटाले त्यहिबाट चलखेल शुरु गरेका थिए। सोहि क्राइटेरिया अनुसार टेलिकमको नयाँ एमडी नियुक्तीका ८ जनाले दरखास्त दिए। प्रस्तुतीकरण र अन्तर्वार्ता मार्फत हुने परिक्षामा ७ जना टेलिकम भित्रकै वहालवाला कर्मचारी छन् भन् एकजना निवर्तमान एमडी बुद्धिप्रसाद आचार्य पनि छन्। सबै प्रतिष्पर्धीहरुको मंगलवार प्रस्तुतीकरण र अन्तर्वार्ता सकिएको छ। अब यिनै प्रतिष्पर्धीहरु मध्येबाट एकजनाको नाम आगामी मन्त्रीपरिषदको वैठकबाट पारित हुनेछ। नेकपा निकट स्रोत भन्छ, 'अब सबै प्रक्रिया पुरा गरेको देखाएर मन्त्री बास्कोटाले अधिकारीको नाम अबको मन्त्रिपरिषदबाट पारित गराउँछन।'

मन्त्री बास्कोटाको कोपभाजनमा परेर कार्यकाल बाकी छदै कामिनी राजभण्डारी फालिएपछि छायाँ एमडीको रुपमा अहिले पनि अधिकारी नै कार्यरत छन्। सूर्यभक्त पोखरेल कार्यवाहक एमडीको रुपमा रहेपनि अधिकारीको इसारा विना टेलिकमको कुनै पनि निर्णय नहुने गरेको टेलिकमका जानकारहरु बताउँछन्। 

टेलिकमको एमडीको आकाँक्षी अधिकारी टेलिकमको वरिष्ठताको ५७औं नम्वरमा पर्ने प्रवन्धक हुन्। पहिलो र दोस्रो वरियताका सूर्यभक्त पोखरेल र अरुण पुरी एमडीको प्रतिष्पर्धामा छैनन। डिमडीमा कार्यरत प्रदिप उपाध्याय र गोकर्ण सिटौला प्रतिष्पर्धामा छन्। उपाध्याय वरियताको तेस्रो नम्वरमा रहेका छन्। पूर्व एमडी आचार्य सहित टेलिकमका अन्य ६ जना पनि अधिकारी भन्दा माथिल्लो वरियतामा छन्। तर मन्त्री बास्कोटा अधिकारीलाई एमडी बनाउने अन्तिम गृहकार्यमा रहेको खबरले नेकपा भित्र पनि खैलाबैला मच्चिएको छ। 

अधिकारीलाई बनाइ छाड्ने तयारीमा रहेका मन्त्रीको योजना सफल भए टेलिकममा भने काम गर्ने वातावरण नहुने टेलिकमकै वरिष्ठ अधिकृतहरु बताउँछन्। त्यस्तो अवस्थामा बरिष्ठहरु विद्रोहमा उत्रने वा असहयोगमा जान सक्छन्। यो दुवै परिस्थिति टेलिकमको दीर्घकालिन हीतमा भने हुनेछैन। टेलिकम क्षेत्रको अर्थराजनीति बुझेकाहरु भने आफ्नो नीहित स्वार्थ पुरा गर्ने टेलिकमलाई योजनावद्ध ढंगले सकाउने खेलमा मन्त्री संलग्न भएको प्रष्ट देखिदै गएको बताउँछन। नेकपाका एक टेलिकम क्षेत्रका जानकार भन्छन, ' नत्र कडा विरोध र अहसयोग हुने जान्दा जान्दै कनिष्ठलाई नै एमडी बनाउन मन्त्री यसरी लाग्ने थिएनन।'

यतिखेर नेपालको टेलिकम वजारमा दुरगामी प्रभाव पार्ने खेल अन्तर्गत टेलिकमको एमडी नियुक्ती पनि जोडिएर आएको छ। टेलिकमलाई अस्थिर बनाएर टेलिकम डुबाउने खेलमा मन्त्रीको संलग्नता पटाक्षेप हुँदै गएको टेलिकम कर्मचारी वृत्तमा चर्चा हुन थालेको छ। 

टेलिकमको फोरजीको निर्णय लामो समय अख्तियारमा रहनु, त्यसपछि पनि मन्त्रालयले फाइल तान्नु र अड्किएर बस्नु, कामिनी राजभण्डारीलाई हटाएको लामो समयसम्म एमडीको नियुक्तीमा ढीलाई गरिनु, नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षको नियुक्ती र राजीनामा लगायतका बिषय टेलिकम बजारलाई दुरगामी प्रभावमा पार्ने खेल अन्तर्गत भइरहेको टेलिकम क्षेत्रका जानकारहरु बताउँछन्। करोडौ नभएर अरवमा भइरहेका यि चलखेलमा केपी ओली सरकारका सञ्चारमन्त्रीको संलग्नताको बिषय आम नागरिकमा खासै चर्चा नभएपनि नेकपाको उच्च तहलाई तताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ