arrow

नेविसंघ दार्चुलाको अध्यक्षमा भट्ट चयन    

logo
प्रकाश चन्द्र भट्ट।
प्रकाशित २०७५ पुष १७ मंगलबार
nsu-darchula.jpg

दार्चुला। नेपाल विद्यार्थी संघ दार्चुलाको अध्यक्षमा रमेश भट्ट सर्वसम्मतीले चयन भएका छन् । यसअघि नेविसंघ जिल्ला कार्यसमिति सचिवको जिम्मेवारी सम्हालेका भट्ट नेविसंघको नवौ जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

अध्यक्ष पदका लागी केहि विद्यार्थी नेताहरुले आकांक्षा देखाएको भएपनि उद्घाटन पछिको बन्दसत्रबाट सहमतिका आधारमा रमेश भट्टलाई अध्यक्षमा चयन गरिएको विद्यार्थी नेता दिपक खातीले जानकारी दिए ।

संघको जिल्ला कार्य समिती उपाध्यक्षमा दिवाकर जोशी, सचिवमा धनेन्द्र सिह धामी र हरी जोशी, कोषाध्यक्षमा अर्जुन सिह धामी चयन भएका छन्। समितीको सदस्यहरुमा मन्जुु जोशी, ललिता धामी, उमा सार्की, सचिन अवस्थी, अमृत बोेहरा, मंगल रोकाया, कृष्ण रावल, सुनीलबाबु पन्त, गुमा कार्की, धनेन्द्र धामी, विष्णु दत्त ओझा, विजय जोशी, दिवाकर जोशी, हरी दत्त जोशी, मनिसा चन्द, विजया बडाल र तुलसी बडू सहमतिमा नै चयन भएका छन् । सहसचिवको टुङ्गो अब बस्ने जिल्ला कार्यसमितीको बैठकले लगाउने नेविसंघ दार्चुलाले जनाएको छ ।

नेपाल विद्यार्थी संघको दार्चुलाको नवौ अधिवेसन कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ