arrow

निर्मला पन्तबारे यसरी ढाँटे बालबालिकालाई प्रधानमन्त्री ओलीले 

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
pm-oli-balbalika.jpg

काठमाडौं । कलिला स्कुले बालबालिकाहरुले आजका हरेक गतिविधिबाटै भोलिको कल्पना गर्छन् । उनीहरुको स्वच्छ दिमागमा जति राम्रो कुरा राख्न सक्यो त्यति नै उनीहरु प्रस्फुटित हुँदै जान्छन् । एउटामात्र नराम्रो घटनाले पनि उनीहरुको दिमागमा नराम्रो असर पर्दै गएको हुन्छ । 

यस्तोमा अहिलेको राजनीतिक अवस्था र घटित घटनाहरुले स्वभावैले असर–प्रभाव पर्छ नै । अहिले निर्मला पन्तको बलात्कार र त्यसपछि हत्याको घटनाले विद्यार्थीमनलाई झस्काएको छ । यदि देशको कार्यकारी भेट भयो भने उनीहरुले सोध्ने पहिलो प्रश्न यही नै हो । त्यस्तै भयो मंगलबार । 

प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मी थापा, मेरो तर्फबाट तपाईलाई सोध्न चाहन्छु निर्मला पन्तको हत्याराहरु घुमिरहेका छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न सकेन । भविश्यमा यस्तो घटना नहोस भनेर सरकारले के सोचिरहेको छ ? सरकारबाट हामीले कस्तो सुरक्षाको अपेक्षा गर्ने ?

नेपाल स्काउटले राजधानीमा आयोजना गरेको  ‘बालबालिकासंग प्रधानमन्त्री’ कार्यक्रममा रश्मीले सोधेको यो प्रश्न निकै वजनदार थियो । यसको जवाफ प्रधानमन्त्रीले निकै कुशलपूर्वक दिन सकेका भएमात्र उनी वाहीवाही हुन्थे होला । तर सन् २०१८ लाई यसरी नै ढाँट्दै र छल्दै बिताएका ओलीले साना बालबालिकालाई पनि त्यसरी नै जवाफ दिए । 

निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा प्रश्न सोध्दा हलमा उपस्थित करिब ८ सय विद्यार्थीले ताली बजाए । जवाफमा प्रधानमन्त्रीले भने –‘छोरीले सोधेको प्रश्नको उत्तर अत्यन्तै सान्दर्भिक छ । अत्यन्तै दुःखद यो घटना कहिल्यै पनि बिर्सन सकिँदैन । म यो भन्न चाहन्छु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्नेछन् । बलात्कारका घटना बेग्लै उपज हो, यो त मानविय क्रुरताको पराकाष्ठा हो । हामी यो घटनाको छानविन गरिरहेका छौं ।’ 

यो जवाफमा प्रधानमन्त्री ओलीले निर्मला घटनालाई केही राजनितिक पार्टीले ठूलो मुद्धा बनाएकोमा चित्त दुखेको बताए । आश्चर्य ! यति ठूलो र गम्भीर विषयमा विपक्षीले ठूलो मुद्दा बनाउनु कसरी नराम्रो भयो त ? यो मुद्दा नउठाएको भए त विपक्षी दलहरु सामाजिक लाग्ने थिएनन् । 

विपक्षीहरु प्रधानमन्त्रीलाई कुन कुराले खुशी तुल्याउँछ भनेर विषय उठाउने हुन् र ? निर्मलाको विषयलाई बाइपास गर्न त प्रधानमन्त्री ओलीले नै गरेका हुन् । निर्मलालाई मेरी पनि छोरी हुन् भन्न ओलीलाई ४९ दिन लागेको थियो । 

उनले फेरि ढाँटे –‘प्रहरीले हालसम्म भएका विभिन्न घटनाका ९५ प्रतिशत आरोपीलाई पक्राउ गरिसकेको छ । निर्मला पन्तका हत्याराहरु पनि उम्कन पाउने छैनन् ।’

अगाडि ओलीले बालबालिका अगाडि भने, ‘के गर्ने घटना मैले गरेको हो भनेर धेरैले भने तर उनीहरुको डिएनए मिलेन । धेरै व्यक्तिको डिएनए परीक्षण गरियो त्यो पनि मिलेन । नेपाल प्रहरीका प्रमुख नै टोली सहित घटनास्थल पुग्नुभएको छ । आशा गरौं हत्यारा पक्कै समातिने छ ।’

उनले अझ अगाडि थपे, ‘घटना भए लगत्तै प्रहरीले केही गल्ती गरेको देखियो । हामीले घटनाको सत्यतथ्य पत्ता लगाउन गुप्तचर प्रहरीको टोली खटाएका छौं । प्रहरीको उच्चस्तरीय टोली पनि खटाएका छौंं तर रिजल्ट आएको छैन समय लाग्ला तर दोषी उम्कदैन ।’

उनले थप स्पष्ट पारे, ‘म पनि आश्चर्यचकित भएको छु । दोषी भनेर पक्राउ गर्यो, डिएनए मिल्दैन यो विषयमा सरकार गम्भीर भएको छ ।’

राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्रीले झण्डै दुई घण्टा विद्यार्थीका झण्डै एक दर्जन प्रश्नको जवाफ दिए । तर के प्रधानमन्त्रीले विद्यार्थीहरुसंग भन्नुपर्ने कुराहरु यिनै हुन् ? 

ओली कठ्घरामा उभिएका कि विद्यार्थीहरुलाई आश्वस्त पारिरहेका ? हचुवाका भरमा अपराधी भन्दै समात्ने अनि पीडा दिएर जवरजस्ती अपराध स्वीकार्न लगाउने नेपाल प्रहरीको हर्कतबारे गोलमटोल जवाफ दिएर आश्चर्यमा परेको छु भन्न मिल्छ र । 

अनि विपक्षी दलको कुरा उठाउनै पर्ने ? विपक्षीले निर्मलाका हत्यारा पक्राउ गर् भनी दवाव दिँदा रिस उठ्ने ? यो रिस फेरि तिनै कलिला बालबालिकालाई देखाउँदा उनीहरुले ग्रहण गर्ने विषय के हुन सक्छ ? 

अनि ढाँट्ने किन ? यसरी बालबालिकालाई ढाँट्दा उनीहरुमा नकारात्मक प्रभाव पर्न सक्छ । प्रविधिले बालबालिकालाई पनि चलाख बनाएको छ । निर्मला काण्डले हरेक विद्यालय र अभिभावक आफ्ना बालबालिकाबारे सचेत हुनुपर्ने अवस्था छ । 

ओलीले नढाँटी अबदेखि त्यस्तो घटना हुन दिन्न । हुँदैन भनी विद्यार्थीलाई किन विश्वस्त दिलाउन सकेनन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ