arrow

एक वर्षमा १४८० बलात्कारका घटना, प्रहरी भन्छ –‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
Nepal-Police-new-tt.jpeg

साँखु । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताएका छन् । 

मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उनले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताए । 

“बालबाललिका विद्यालयबाट समयमा घर आउँछन्, आउँदैनन्, के–कस्ता साथीसङ्गतमा छन्, अभिभावकले चासो दिनुपर्छ,” थापाले भने । 

‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नागरिक र प्रहरीबीचको सहकार्य तथा समझदारीबाट मात्रै समाज अपराध र भयमुक्त हुने उनको भनाइ थियो । 

बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिएका थिए ।

विद्यालयमा गठित कार्यक्रमले प्रहरी र विद्यार्थीबीच सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथामका साथै सूचना सङ्कलन र आदानप्रदान गर्न मद्दत पुग्ने बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए । 

प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष देशभरी एक हजार ४८० बलात्कारका घटना भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ