arrow

चिसो बढेपछि ४५ दिनका लागि बन्द गरिए विद्यालय 

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
humla-himpat.JPG.jpeg

हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । 

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । 

आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए । 

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ