arrow

'हामीले चाहेको लोकतन्त्र'का बारेमा बिहिबार गर्मागरम बहश हुँदै, गिरी, वाग्ले र प्रसाई मुख्य वक्ता

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
Loktantra_Discussion.jpg

काठमाडौं। समाजशास्त्रीय समाज नेपालले ‘नेपालमा लोकतान्त्रीक प्रकृया: संवाद श्रृखंला’ शुरु गरेको छ। महिनाको एउटाको दरले १० देखि १२ वटासम्म कार्यक्रम गर्ने आयोजकले बताएको छ। 

नेपालमा रहेका समाजशास्त्रीहरुले समाजशास्त्रीहरुसँग वा अरू समाज वैज्ञानिकहरूसँग मात्र आफ्ना कुराहरु राख्दा त्यसको दायरा साँघुरो भएको  र सर्वसाधारणको पहुँचबाट बाहिर जान लागेको अवस्थामा बहश र छलफलको आवश्यकता महशुस गरि श्रृखंलाकै शुरूवात गरिएको समाजका कोषाध्यक्ष कार्यक्रमका संयोजक सुदिप नकर्मीले जानकारी दिए। 

सर्वसाधारणको समाजको बारेमा रहेको दृष्टिकोण र सामाजशास्त्रीहरुको दृष्टिकोणलाई हेर्न, बुझ्न र परख गर्न उक्त श्रृखंलाले सहयोग गर्ने बिश्वास आयोजकले लिएको छ। 

नेपालको लोकतन्त्रलाई उक्त बहश श्रृखंलाले अझ परिमार्जित गर्न सहयोग पुग्नुका साथै लोकतन्त्रका नयाँ आयामहरुमा पनि बहश शुरु गर्न पनि सहयोग पुग्ने उद्देश्य रहेको नकर्मीले बताए। 

बहश श्रृखंलाको पहिलो बिषय ‘हामीले चाहेको लोकतन्त्र’ रहेको छ। उक्त संवादमा बिचारक प्रदिप गिरी, अर्थशास्त्री स्वर्णीम वाग्ले र समाजशास्त्री दिनेश प्रसाईले आफ्नो बिचार राख्नेछन्। 

त्रिभुवन विश्वविद्यालयको सिनास भवनमा उक्त कार्यक्रम बिहिबार (भोलि) दिउँसो १ बजेदेखि शुरु हुँदैछ। खुल्ला निमन्त्रणा रहेको कर्यक्रममा लोकतन्त्रका बारेमा घनीभूत रूपमा बहश हुनेछ। 

श्रृखंलाको अन्त्यमा सबै वक्ताहरुको बिचारलाई पुस्तकका रुपमा ल्याउने योजना रहेको आयोजकले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ