arrow

स्वागत गेटलाई व्यवास्ता गर्दै राष्ट्रपति कार्यक्रम स्थलमा

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ पुष १८ बुधबार
gate.jpg

झापा । राष्ट्रपतिलाई स्वागत गर्न बनाइएका स्वागत गेटलाई व्यवास्ता गर्दै बुधबार राष्ट्रपति विद्यादेवि भण्डारी झापाको गौरादह नगरपालिका वडा न ५ स्थित महारानी झोडा कृषि सहकारी सस्थाको नमुना एकीकृत  कृषि सहकारीले आयोजना गरेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै ओर्लिइन्  ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई हार्दिक स्वागत छ भनी लेखिएका गेटहरु नगर प्रवेशस्थल लखनपुर डिपु चोक, मिलन चोक र महारानी झोडाका प्रमुख चोक चोकमा यत्रतत्र  बनाइएका देखिन्थे । तर  राष्ट्रपति ती गेटबाट नगर प्रवेश नगरि कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै पुगिन् ।

साथै राष्ट्रपति भण्डारीले कार्यक्रमस्थल साथमै रहेको नमूना कृषि परियोजनाको हवाइमार्गबाटै अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका वडा न ५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्दित एकसय बिगाहा जग्गामा सञ्चालित  एकीकृत नमूना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ