arrow

बर्दियामा चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष १८ बुधबार
pakraus.jpg

गुलरिया,बर्दिया । बर्दियामा चरेस मुद्दाका फरार रहेका १ जना फरार अभियुक्त पक्राउ परेका छन । अदालतले कैद सजाय तोकिएका बर्दियाको राजापुर नगरपालिका १० मा बसोबास गर्ने ३५ वर्षीय विष्णु कुमार यादवलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका यादवलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेन्द्र प्रसाद मैनालीले बताए । मिति २०६७ साल असार १३ गते बाँके जिल्ला अदालतको आदेशले यादवलाई १० महिना २७ दिन कैद सजाय तोकेको थियो ।

 पक्राउ परेका ३५ वर्षिय यादवलाई आवश्यक कारवाहीका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको एसपी मैनालीले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ