arrow

मन्त्रीको रिपोर्ट कार्ड बनाउने प्रधानमन्त्री ओलीको रिपोर्ट कार्ड चाहियोः शेखर कोइराला

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
bp-bichar-samaj-hetauda.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली सरकार संचालनमा पूर्ण रुपले असफल भइसकेको बताएका छन्। मेलमिलाप दिवसको अवसरमा बिपि बिचार समाज मकवानपुरले गरेको कार्यक्रममा बोल्दै डा कोइरालाले भने, 'ओलीजी यतिवेला वालुवाटारमा बसेर मन्त्रीहरुको मुल्यांकन रिपोर्ट कार्ड बनाउॅदै हुनुहुन्छ, तर जनताले मन्त्रीको भन्दा पहिले ओलीजिको रिपोर्ट कार्ड हेर्न चाहन्छन् ।' 

डा कोइरालाले अरुको रिपोर्ट कार्ड बनाउने प्रम ओली आफै फेल भएको बताए। उनले थपे प्रधानमन्त्री ओलीको रिपोर्ट कार्डमा शुन्य नम्बर भन्दा दिन नसकिने बताए ।

डा कोइरालाले मुलुक अराजकता र दण्डहिनतामा प्रवेश गरेको उल्लेख गर्दै कम्यनिष्टहरु दुई तिहाईको दम्भमा लोकतन्त्र नै समाप्त गरेर अधिनायकबाद स्थापना गर्न लागिपरेकोले लोकतन्त्रको रक्षार्थ एकजुट हुन कार्यकर्तालाई निर्देशन समेत दिए।

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले अहिले नेकपाका मन्त्रीहरु पंचायतका मन्त्री भन्दा भ्रष्ट भएको बताए।

कार्यक्रममा मकवानपुर कांग्रेसका सभापती ईन्द्र बॉनिया, प्रदेशसभा सदस्यहरु डा राजाराम कार्की र बिजुला बर्मा, पूर्व सांसद डा शोभाकर पराजुली, कांग्रेस नेता लोकेश ढकाल, नेतृ रिता खनाल लगायतले आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ