arrow

महतोको धम्कीपछि डराए ओली, जेलमा रहेका रेशम चौधरीको सपथ हुँदै

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
resham-chaudhary.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको धक्कीपछि डराएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि चारखाल सदर खोरमा रहेका निर्वाचित रेशम चौधरीले सांसदको सपथ खाने भएका छन् । 

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपाका नेता चौधरीको बिहीबार बिहान सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथग्रहण हुन लागेको हो । 

महतोले संसद बैठकमै १७ हजार मान्छे मारेर सरकारमा आएका प्रचण्डलाई मुद्दा नलाग्ने अनि थारुको छोरोलाई मुद्दा लाग्ने भन्दै संसदमा चर्को आक्रोश पोखेपछि ओली गलेका हुन् । 

उनले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिएका थिए । 

महतोले चौधरीलाई सांसदको सपथ नदिलाए तराईमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिएका थिए। 

महतोको संदको सम्बोधन अघि प्रधानमन्त्री ओलीले नै राजपासँग एक हप्ताको समय मागेका थिए ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो । 

टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा चौधरी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन् । 

छुट्टै राजनीतिक निर्णयबाट उनलाई जेलबाट छुटाइ सपथ दिलाउन लागिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ