arrow

नेविसंघ रुकुम पूर्वको अध्यक्षमा बुढामगर निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
suman-budhamagar.jpg

रुकुम । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रुकुम पूर्वको अध्यक्षमा सुमन बुढामगर निर्विरोध निर्वाचित भएका छन् । पुस १८ गते बुधबार संघको जिल्ला अधिवेशनले बुढा मगरलाई निर्विरोध निर्वाचन  गरेको हो । अन्य कार्य समिति भने भौगोलिक तथा जातीय बिषयमा सबैसँग छलफलपछि पार्टीको रोहबरमा मनोनयन गरिने अध्यक्ष बुढामगरले जानकारी दिए ।

साथै नेविसंघको गाँउपालिका स्तरीय कमिटि गठन गरिएको छ । जिल्लाको गाँउपालिका संयोजक तोकिएको छ । सिस्ने गाँउपालिका संयोजकमा कुमार खड्का चुनिएका छन् । भुमे गाँउपालिकामा गंगा प्रसाद खड्का र पुथा उत्तर गया गाँउपालिका संयोजकमा मनोरथ घर्ती चयन गरिएको अध्यक्ष बुढामगरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ