arrow

जहाज खरीद घोटालाका दोषीलाई तत्काल कार्यभारबाट मुक्त गर्न विवेकशील साझाको माग

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
bibekshil_sajha.jpg

काठमाडौं ।  नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण जनाएको छ  । पार्टीले बिहिबार विज्ञप्ति जारी गर्दै  ध्यानाकर्षण जनाएको हो ।

विवेकशील साझाले संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसंग माग गरेको छ ।  

 प्रवक्ता डा. सूर्यराज आचार्य जारी विज्ञप्तिमा भनिएको छ ,'सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ। अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्।'

 विज्ञप्तिमा 'राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मुल कारण हो। यो विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ-आफ्नो ठाउँबाट गंभिर र सार्थक पहल गर्नका लागि हाम्रो पार्टी आह्वान गर्दँछ' उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ