arrow

‘रेशम चौधरीले सजाय भोग्नुपर्ने’

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
resham-chaudhary2.jpg

काठमाडौं ।  मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शपथ गराइएका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीले कानूनअनुसार सजाय भोग्नुपर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अहिले सांसद चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सरकारले थप केही बोल्दैन भने।

सिंहदरबारमा बिहिबार आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले रेशम चौधरीलाई शपथ खुवाएका थिए  । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए । उनलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गरेका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए  । सपथलगत्तै डिल्लीबजारस्थित सदर कारागार चलान गरिएको छ ।

टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ