arrow

टेलिकमलाई 'फोरजी' परियोजना सञ्चालन गर्न निर्देशन

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले १२ महीनाभित्र नेपाल टेलिकमलाई फोरजी परियोजना सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।

“साढे तीन वर्षमा फोरजी सञ्चालनका लागि गरिएको बोलपत्र आह्वान हामीले त्यही रकममा १२ महीनामा सक्ने गरी टेलिकम र निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ”, उनले भने, “परियोजना बन्न ढिला हुने भएकाले चाँडै सक्न निर्देशन दिएका हौँ ।”

उक्त परियोजना  १९ अर्ब नौ करोडमा ठेक्का दिइएको छ । मन्त्री बाँस्कोटाले नमूना परियोजनाका ‘फाइभ जी’ परियोजना चाँडै सञ्चालन गरिने बताए । उनका अनुसार विराटनगर, काठमाडौँ, नेपालगञ्ज र पोखराको निश्चित ठाउँमा ‘फाइभजी’ गर्ने योजना रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ