arrow

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
gorkhapatra.jpeg

काठमाडौँ । गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्ति गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुसमा महिनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराए। पाँचथरको थाक्लेमा जन्मिएका खनालले परराष्ट्र र वैदेशिक मामिलाका जानकार छन् ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका नियुक्त भएका उनले नेपाल र भारतबीचको सम्बन्धलाई लिएर ‘भू–राजनीति’ पुस्तकसमेत प्रकाशन गरेका छन् । सगरमाथा दैनिक पत्रिकाबाट पत्रकारिता आरम्भ गरेका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन् ।

अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनि अहिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै छन्। नवनियुक्त सल्लाहकार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र गोरखापत्रको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ