arrow

राजाले वीपी र प्रजातन्त्र बुझेको भए राजसंस्था रहने थियो : विश्वप्रकाश शर्मा

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ पुष २० शुक्रबार
biswaprakash1.jpg

झापा। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीपीको बिचारलाई राजसस्थाको अन्त्य राजाले प्रजातन्त्रलाई नबुझ्नुको परिणाम भएको बताएका छन् ।   

४२औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस गौरादह नगर समितीले आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै शर्माले राजाले निर्वाचित प्रधानमन्त्री वीपीलाई ८ बर्षसम्म जेलमा हालेको इतिहास अबगत गराउँदै प्रजातन्त्रको सबालमा राजासँग लड्ने र राष्ट्रियताको सबालमा राजासँग एकता र मेलमिलापको सन्देश लिएर भारतमा निर्वासित जीवन बिताइरहेका वीपी नेपाल आएपनि दरवारले वीपीको सदासयतालाई नबुझेको बताए। 

जतिबेला उनी  जेलबाट छुटेर भारतमा निर्वासित जीवन बिताइरहँदा सिक्किमलाई भारतले आफुमा बिलय गराएको थियो र दिल्लीमा बस्ने शासकहरुले नेपाललाई पनि दोस्रो सिक्किम बनाउने मानसकिता लिएको बुझेर वीपीले मेलमिलापको सन्देश लिएर नेपाल आएका थिए। त्यति बेला वीपीले भनेका थिए , कुनैपनी राष्ट्रको घडीमा त्यस्तो दिन आउँछ, त्यतिबेला बिगतका तीता अनुभव र अनुभूतिहरुलाई बिर्सिएर एकताको सुत्रमा बाधिनु पर्दछ।

प्रवक्ता शर्माले भने, 'वीपी भन्नू हुन्थ्यो, प्रजातन्त्र त आउला राष्ट्रनै नरहे प्रजातन्त्र कहाँबाट आउला प्रजातन्त्रको सबालमा राजासँग द्वन्द छ, राष्ट्रियताको सबालमा राजासँग एकता गरिने बिषय पनि वीपीको बिचार रहेकोले राजासँग आफ्नो घाँटी जोडिएकोले एउटालाई प्रहार गर्दा अर्कोलाई चोट पुग्ने कुरा प्रस्ट्याएका थिए। पछिल्लो समयमा राजाले निरन्तर कांग्रेस अर्थात प्रजातन्त्रको गर्धनमा प्रहार गरेकोले नै नेपालबाट राजसंस्था समाप्त भएको छ।'

शर्माले प्रजातन्त्र मान्ने सर्तका कारण माओबादी सरकारमा आएका र प्रजातन्त्र नमान्ने स्वार्थका कारण राजा गएको अबगत गराउदै भने,  ' हाम्रा नेताले माओबादीसँग मिल्दै गर्दा हामी माओबादीसँग नगएको र रोल्पा र रुकुममा भएका माओबादीको बन्दुकलाई क्यान्टोनमेन्टमा राखेर उनिहरुलाई जङ्गलबाट ल्याइएको र यो कार्यपनि वीपी कोइरालाले लिएको मेलमिलापको नीतिको पछिल्लो अध्यायमा गिरिजा प्रसाद कोइरालाले प्रसादको रुपमा ल्याएको र त्यो कांग्रेसले नै लिएको मेलमिलापको  नितिले गर्दा सम्भब भएको हो ।'

अर्को प्रसङ्गमा उनले नयाँ युगको नाममा प्रधानमन्त्रीका तस्बिरहरु पोल पोलमा टागिनु र टोल टोलमा निर्मलाहरु बलात्कृत हुनुले सरकार असफल भैसकेकोले कांग्रेसले चुनाब हार्दै गर्दाको परिणाम स्वरुप अधिनायकवाद चरित्रका कम्युनिष्टहरुको असली चित्र जनताले थाहा पाउने अबसर पाएको बताए ।

अब नेपाली कांग्रेसले हारको बदला हैन आफू बदलिएर जानू पर्ने बताए। कम्युनिष्टले देश बनाउन नसक्ने दाबी गर्दै शर्माले कांग्रेसले लागि कांग्रेससँग मेलमिलाप गर्न आवश्यक रहेको बताए। उनले भने,'अबको पालो नेपालमा लगातार कांग्रेसले ३ वटा निर्वाचन जित्नु पर्ने र देशलाई समृद्धीतर्फ हाक्ने संकल्प लिएर अघि बढ्नु पर्नेछ ।'  

प्रवक्ता शर्माले नेतृत्वको सबालमा आफू प्रवक्ता भएको हैसियतले मेचीदेखि महाकालीसम्म गएर संगठन बिस्तार गर्दैगर्दा आफू नेत्तृत्वमा माथि पुग्ने आशालाई प्राथमिकता नदिएको बताए। आफू माथि पुग्दै गर्दा यदि तलको संगठन बिग्रदै र भत्कदै संगठनमा कम्युनिष्ट पार्टीको दबदबा हुँदै केपी शर्मा ओलिको रजगज भयो भन्ने लागेमा आफू कांग्रेसको आगामी जिल्ला अधिबेशन भन्दा ३ महिना अगाबै पार्टी प्रवक्ताबाट राजीनामा दिएर झापा जिल्लाको सभापतिको उम्मेद्वारका रुपमा आउने शर्माले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ