arrow

मजबुत कांग्रेस बनाएपछि राजनीतिबाट विश्राम लिने पौडेलको इच्छा

गुटको हैन सिंगो काँग्रेसप्रति वफादार बन्न कार्यकर्तालाई निर्देशन

logo
प्रकाशित २०७५ पुष २१ शनिबार
ram-chandra-poudel2.jpg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेस कार्यकर्ताले गुटको नामबाट भन्दा सिंगो पार्टीको नाम लिएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। 

गुटप्रति वफादार भएर अलग अलग गुटका लागि भन्दा पनि सिंगो कांग्रेसका लागि वफादार भएर काम गर्न पौडेलले कार्यकर्ताहरुलाई आग्रह गरे। 

कांग्रेस वडा समितिले सराङकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई मजबुद बनाउनका लागि अब यसको वा त्यसको कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए। उनले कांग्रेसलाई मजवुद बनाएर आफुले राजनीतिबाट अलग हुने पनि प्रष्ट पारे। 

पौडेलले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने ओली सरकारले प्रमाणित गरेको बताए। सरकारको गतिविधी र उनीहरुले आफ्ना मान्छेको बचाउमा गरेको गतिविधीले त्यस्तो देखाइरहेको पौडेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ