arrow

दार्चुलामा भुकम्पको धक्का महशुस

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७५ पुष २१ शनिबार
earthquake2.jpg

दार्चुला। दार्चुला जिल्लामा शनिबार राति १० बजेर १ मिनेटमा भुकम्पको धक्का महशुस भएको छ। दार्चृुला जिल्ला सदरमुकाम भन्दा २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दिपक बस्नेतले जानकारी दिए।

भुकम्पबाट भौतिक तथा मानविय कुनै पनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
भुकम्पीय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समय समयमा भुकम्प जाने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ