arrow

जनताको केपीप्रतिको भरोसा खुस्कियोः प्रकाशमान सिंह

logo
प्रकाशित २०७५ पुष २१ शनिबार
Prakashman-Singh.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वास घट्दै गएको बताएका छन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले सरकारले कानुन विपरीत एकपछि अर्को काम गर्नाले पनि सरकार तथा यसको नेतृत्वकर्ता केपी ओलीमाथिको भरोसा र  विश्वसनीयता खस्कदै गएको बताए। 

संसदीय समितिले आफ्नो प्रतिबेदन बुझाउन नपाइ आत्तिएर सरकारले रातारात कानुन बिपरित समिति बनाएकोमा सिंहले आपत्ती जनाए। संसदिय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने काम गरेकोमा सिंह कडा रोष ब्यक्त गरे। 

नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेकोमा उनको आपत्ती थियो। 

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताए। 

“सरकार दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर जेलमा रहेका रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,”–उनले भने। सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उनको भनाई छ।

उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ