arrow

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
pm-olis.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बैठकमा आइतबार सम्वोधन गर्दैैछन् । यसअघि बिहीबार सम्वोधन गर्ने भनिए पनि समय अभावका कारण आइतबारलाई सारिएको जनाइएको छ । 


प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने उनको निजी सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीले अहिलेसम्म आफ्नो कार्यकालको सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको बुझिएको छ । 

त्यसैगरी वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार काण्ड तथा फौजदारी अभियोग लागेका रेशमलाल चौधरीको सांसद पदको शपथको विषयमा सरकारको विचार राखी पछिल्लो समयको आलोचनालाई स्पष्ट पार्ने बुझिएको छ । 

उनले बिहीबार यी विषयमा बोल्न खोजे पनि हिम्मत जुटाउन सकेका थिएनन् । सरकार बढी नै आलोचनाको शिकार भएको थियो । अब भने ओलीले विधि पुर्याएर संसदमा जानकारी गराउने बुझिएको छ । 

शनिबार सरकारमै रहेको संघीय समाजवादी फोरमले संविधान संशोधन गर्न दिएको दबाब र राजपा नेपालले पनि चौधरीको सपथ पछि अब गर्नुपर्ने संविधान संशोधनको माग भएकाले यसबारेमा पनि उनले सरकारको धारणा राख्न सक्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ