arrow

'पानी जहाज आउँछ भन्दा विश्वास नगर्नेहरु टिकटै खोज्न थालिसकेछन्'

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
pm-kp-oli-speech1.jpg

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको काउन्टर छिट्टै खुल्ने भन्दै प्रतीक्षा गर्न सबैलाई आग्रह गरेका छन् । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा संसदमा सम्बोधन गर्दै आफूले पानी जहाजको कुरा गर्दा धेरैले कागजको पानी जहाज देखाएर खिस्सी गरेको प्रतिक्रिया दिए । उनले रेलको सपना बँँड्दा पानीको बाल्टी राखेर आफ्नो खिल्ली उठाएकाहरुले पुष १६ गतेको बैठकमा आफूलाई पानी जहाजको टिकट कहाँ पाईन्छ भन्दै प्रश्न गरेको स्मरण पनि गरेका छन् । 

अहिले पानी जहाज कार्यालय स्थापना र पानी जहाज सञ्चालक राख्ने काम समेत तीब्र रुपमा चलिरहेको भन्दै उनले  रेल र पानी जहाजको सपनालाई अफवाहको तुवाँलोमा राखिएको गुनासो समेत गरे । उनले पहिले पानी जहाज आउँछ भन्दा नपत्याउनेहरुले पानी जहाजको टिकट खोज्न थाल्नु पनि उपलब्धीपूर्ण रहेको प्रतिक्रिया दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ