arrow

कर्मचारी अध्यादेश संशोधन गर्न माग

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
health-ministry.jpeg

काठमाडौँ । सरकारी चिकित्सक सङ्घ (गोदान)ले आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल घेराउ गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति लगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई गत हप्ता भेट गरी गोदानले ध्यानाकर्षण गराएको थियो ।

गोदानका पदाधिकारीलगायत सदस्यले आफ्ना माग पूरा गराउन आज तीन घण्टा मन्त्रालय घेराउ गरेको अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । गोदानले सरकारी चिकित्सकलाई समयानुकूल तलब÷भत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग राखेको छ ।

अन्य मागमा प्रदेश-स्थानीय निकायमा समायोजन हुने चिकित्सकहरूको सेवासुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तरवृद्धि गर्नुपर्ने, प्रदेश-स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान मिलाउन भनिएको छ ।

प्रदेशअन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सक-स्वास्थ्यकर्मीमध्येबाट सचिव नियुक्ति गरिने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामतिसरह प्रशासनसम्बन्धी तालीम दिई अन्य प्राविधिक निकायसरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानहरूलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउनसमेत गोदानले माग गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ